धनगढीको मुख्य सडक फराकिलो गर्न प्रदेश सरकारद्धारा ६० करोड बजेट विनियोजन
2022/12/05, 11:13
 
aa

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको मुख्य सडक फराकिलो गर्न ६० करोड बजेट विनियोजन गरेको छ । धनगढी उप–महानगरपालिकाले माग गरेपछि प्रदेश सरकारले कैलाली पुलदेखि क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि प्रदेश सरकारले ६० करोड विनियोजन गरेको हो ।

धनगढीका मेयर गोपाल हमालले प्रदेश सरकारले सडक निर्माण तथा कालोपत्रका लागि ६० करोड छुट्याएको जानकारी दिएका छन् । हमालका अनुसार कैलालीपुलदेखि क्याम्स रोड ९हुलाकी राजमार्ग० सम्मको २ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्न उक्त बजेट माग गरिएको थियो ।

उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले बजेट छुट्याएको उनले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । धनगढी उप–महानगरले मुख्य सडक फराकिलो बनाउन संरचना भत्काइरहेका छ । सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मिटर सडक विस्तार गरिने उपमहानगरपालिकाले जनाएको छ ।