सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु
2022/12/12, 12:56
 
crct

कञ्चनपुरमा रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुदूरपश्चिम क्षेत्रमा भएका विभिन्न अध्ययन, सभ्यता, कला र कला संस्कृतिसम्बन्धी अनुभव आदानप्रदानका लागि सोमबारदेखि दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको छ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना भएपछि पहिलो पटक ‘सुदूरपश्चिम स्टडिज ः हेरिटेज, इन्नोभेसन एण्ड ट्रान्सफोरमेन’ अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्रा।डा। अम्मरराज जोशीले सुदूरपश्चिम क्षेत्रको ज्ञान विज्ञानको गहन विचार विमर्श गर्न सम्मेलन गरिएको बताए।

‘सुदूरपश्चिमलाई हामी पिछडिएको क्षेत्र भन्छौँ। के साँच्चिकै हामी पिछडिएका नै हौँ तरु, कस्तो साहित्य छ, हाम्रो संस्कृति छ, प्रविधि छ, सभ्यता छ, संस्कार छ, आर्थिक पक्ष छ। यी सबैको गहन अध्ययन नै भएको छैन’,  उनले भने, ‘त्यसैले विचार विमर्श गर्न नै यो सम्मेलन गरिएको छ।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी, कर्मचारी प्राध्यापक र यस क्षेत्रका अध्ययनकर्ता सबैलाई सम्मेलन उपयोगी हुने अपेक्षा राखिएको उनले बताए। विश्वविद्यालयले आयोजना गरेको सम्मेलनमा बेलायततको अक्सफोर्ड विश्वविद्यालय र ब्रिटेन नेपाल एकेडेमी काउन्सिल सहआयोजक छन्।

अक्सफोर्डका प्रोफेसर डेबिट एन गेलर र एकेडेमी काउन्सिलका डा। कृष्ण अधिकारी सम्मेलनमा सहभागी हुनेछन्। विश्वविद्यालयका रजिष्ट्रार पाठकले सोमबार विहानदेखि सुरु हुने सम्मेलनका लागि केन्द्रीय कार्यालयका तीन सभा कक्ष तयार गरिएको बताए।

सम्मेलनमा प्राध्यापक र विद्यार्थीसहित विभिन्न क्षेत्रका गरी ४७६ जना सहभागी हुने भएका छन्। सम्मेलन आयोजक समितिका संयोजक डा। भट्टले सम्मेलनमा ७६ अनुसन्धान प्रतिवेदन प्रस्तुत, जनस्वास्थ्यमा दुई छलफल र तीन राउण्ड टेबल छलफल हुने जानकारी दिए।

सरकारले २०६६ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय घोषणा गरेको थियो। त्यसपछि सञ्चालन आएको विश्वविद्यालयले यो वर्ष पहिलो विदेशी विश्वविद्यालयका प्राध्यापकलाई समेत बोलाएर सम्मेलन गरेको हो।