धनगढीमा नगर क्षेत्रभित्र निर्माण हुने संरचनाका लागि स्विकृत लिनुपर्ने
2022/12/20, 6:29
 
dd

धनगढी उपमहानगरपालिका भित्र निर्माण हुने संरचनाका लागि उपमहानगरको स्विकृत लिनुपर्ने भएको छ। 

मंसिर २५ गते जारी गरेको धनगढी उपमहानगरले एक सुचनामा कुनै पनि भवन, टहरा, कम्पाउण्डवाल, गोदाम लगायतका संरचना बनाउँदा अनिवार्य रुपमा स्वीकृत लिनुपर्ने नीति बनाएको जनाएको छ।

धनगढी उपमहानगर भित्र स्विकृत विना निर्माण गरेको संरचनाहरु अवैध हुने भएकाले सडकको सेटव्याक ९सडकको मापदण्ड० छोडेर मात्र निर्माण गर्नुपर्ने जनाएको छ। यदि स्विकृति विना निर्माण भएका संरचना भए जतिवेला पनि भत्काउन सकीने उपहानगरले जारी गरेको सार्वजनिक सुचनामा उल्लेख गरेको छ।