सुदुरपश्चिम प्रदेश सभा सदस्यमा शपथ लिएकाहरुको प्राथमिकतामा के मा छ ? (भिडियो सहित)
2022/12/30, 6:32
 
dd

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । गत मंसीर ४ गते सम्पन्न निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले आज सपथ लिएका हुन । 

नयाँ अनुहार र युवाको संख्या यस पटकको प्रदेशसभामा बढी छ । प्रदेशसभा सदस्यको सपथ ग्रहण गरेका उनिहरुले यस प्रदेशका जनताको हितका लागी काम गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशसभामा जनताको हित हुने किसिमका कानुन निर्माण गर्ने प्रतिबद्धता गरेका नव निर्वाचित प्रदेशसभा सदस्यहरुले यो कार्यकालमा केही फरक अनुभुती हुने बताए । 

संघियताको पहिलो बर्षमा प्रदेश सरकारबाट खाशै काम नभएको गुनासो बढिरहेका बेला जनताले आश गर्ने गरी काम गर्ने नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको प्रतिबद्धता छ । जनताहरु माँझ गरेका बाचा पुरा गर्ने तर्फ केन्द्रित हुने र बिषेशगरी जनताका हितमा कानुन निर्माण गर्ने प्रदेशसभा सदस्यहरुले प्रतिबद्धता गरेका छन् ।