
धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि ले सिद्धार्थ बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ । सम्झौता अनुसार अस्पतालबाट कुनै पनि सेवा लिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन ।

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा लि का अध्यक्ष तिर्थराज पन्त तथा सिद्धाथ बैंकका शाखा अधिकृत नितेश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । दुवै पक्षबिच २०७९ माघ २० गतेबाट लागु भई एक वर्षको अवधि रहनेछ ।
निजीक्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रवद्र्धन नीति अनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवा दिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवा उपलव्ध गराउँदै आएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/03/27, 12:05