धनगढीमा डिबी कम्प्लेक्स सञ्चालनमा,एउटै छानामुनी सबै सामान पाईने
2023/02/05, 12:33
 
sdgftt

कैलालीको धनगढी ४ उत्तरबेहडीमा डिबी कम्प्लेक्स सञ्चालनमा आएको छ ।  करिब दश करोड भन्दा बढीको लगानीमा अत्याधुनिक भवन सहित सञ्चालनमा आएको हो ।  एउटै छानामुनी ग्राहकले खोजेको सामान दिने उद्देश्यले कम्प्लेक्स सञ्चालनमा ल्याएको डिबी कम्प्लेक्सका अध्यक्ष संगम थापाले जानकारी दिए । ‘पछिल्लो समय ग्राहकले एउटै ठाउँमा सबै सामान खोजिरहेका छन् ।

समयको पनि बचत हुने भएकाले उहाँहरूको मागलाई सम्बोधन गर्दै हामीले धनगढीमा डिबी कम्प्लेक्स सञ्चालनमा ल्याएका हौँ,’ अध्यक्ष थापाले भने, नयाँ वर्षमा कम्प्लेक्सको औपचारिक उद्घाटन गर्ने तयारीमा छौँ। यद्यपि माघ ४ गतेबाट भने हामीले सेवा दिन सुचारु गरिसकेका छौँ ।’ ६ कट्ठा जग्गामा सुविधा सम्पन्न कम्प्लेक्स सञ्चालनमा ल्याएको र  कम्प्लेक्समा उचित पार्किङको व्यवस्था,सेन्ट्रलाईज्ड एसी भएको,सिसी क्यामेरा भएको,२४ सै घण्टा सेक्युरिटीको व्यवस्था भएको, व्यापार गर्नको लागी पनि उचित स्थान भएको अध्यक्ष थापाले बताए ।

No description available.

कम्प्लेक्समा  जेन्स लेडिज लुगाकपाडा,जुत्ता चप्पल,क्याफे,ब्याग हाउस,कस्मेटिक आइटम,बेबी सप,ब्यूटी पार्लर, फर्निचर,घडी पसल लगायतका पसलहरू रहेको कम्प्लेक्सका म्यानेजर उपेन्द्र श्रेष्ठले बताए । कम्प्लेक्स भित्र विभिन्न प्रकारमा  ३२ सटर रहेको समेत म्यानेजर श्रेष्ठले बताए ।