धनगढीमा विद्युतीय रिक्सा व्यवस्थापनको माग गर्दै प्रशासनलाई ज्ञापन
2023/02/22, 10:11
 
ss

धनगढीमा विद्युतीय रिक्सा व्यवस्थापनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन बुझाइएको छ। मंगलबार विद्युतीय रिक्सा चालक मजदुर संघले विद्युतीय रिक्साहरुको व्यवस्थापन तथा दर्ता र निश्चित अटो संख्या कायम गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापन पत्र बुझाइएको हो।

संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै धनगढीका बजारमा सञ्चालन भइरहेका विद्युतीय रिक्साहरू उपमहानगरपालीकाले ब्यवस्थापन नगरेको बताएका छन्। उनीहरुले दैनिक जसो अटो रिक्साहरु थपिने, दर्ता नविकरण कार्य थपिदै गएकोले समस्या भएको बताएका छन्। उपमहानगरपालिकाले विद्युतीय रिक्साको व्यवस्थापन तथा दर्ता र निश्चित अटो सङ्ख्या विधिकरण नगर्दा सयौँ मजदुरहरू जिल्ला ट्राफिक कार्यालयको चेकजाँच कडाइको जरिवानाको समस्यामा परेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

अटो रिक्सालाई जरिवाना गर्दा ठुलो गाडी सरह नै जरिवाना गरेको र उपमहानगर नगरपालिकाले सम्बन्धित समितिलाई समन्वयन नगरेको र लेख्न पढ्न नजान्ने मजदुरलाई सम्बन्धित चालक अनुमति पत्रको दर्ता प्रक्रियामा ढिलाइ गरेको विद्युतीय रिक्सा मजदुर सघंका अध्यक्ष मीन राज जोशीले बताएका छन्। ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कटेलले आफू सधैँ मजदुरको पक्षमा भएको बताएका छन्। यस्ता गतिविधिलाई रोक्न छिटो भन्दा छिटो पहल गरि समस्याको समाधान प्रक्रियामा जाने आश्वासन दिएका छन्।