कैलालीका चार छात्रालाई एनआरएन अफ्रिका छात्रवृत्ति प्रदान 
2023/03/01, 10:23
 
ss

नेपालका मेघावी, विपन्न र दुर्गम ग्रामीण क्षेत्रका  छात्रछात्राहरूलाई उनीहरूको अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले अफ्रिकाका गैर आवासीय नेपालीहरूको पहलमा स्थापित एनआरएन अफ्रिका छात्रवृत्ति कोषले नेपालका ग्रामीण भेगका  विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

कोषका संयोजक हिक्मत थापाले  कैलालीको जानकी गाउँपालिका स्थित  अरुणोदय माध्यमिक विद्यालय, खैरिफाँटामा कक्षा १० मा अध्ययनरत गरिमा मगर र कविता विश्वकर्मा , कक्षा ११ मा अध्ययन रत बिनु चौधरी र निशा बिश्वकर्मलाई  आगामी एक वर्षका लागि  स्कुलको सिफारिसमा  छात्रवृत्ति प्रदान गरेको जानकारी गराए ।

यस अघि कोषले  गत वर्ष २०२२ मा  रुकुमका ललित विकलाई उक्त  छात्रवृत्ति प्रदान गरेको थियो । सन २०२१ मा स्थापित  एनआरएन अफ्रिका छात्रवृत्ति कोषमा अहिलेसम्म रु छ लाख ७१ हजार  रुपैयाँ अफ्रिकाका एनआरएनहरुबाट  जम्मा भएको छ  ।