पर्यटन बिकासका माध्यम बाट प्रदेशको बिकास : मुख्यमन्त्री शाह
2023/03/02, 10:41
 
fdgre

सुदूरपश्चिमका प्राकृतिक सम्पदा र निकुञ्जहरुको अवलोकनको द्वार खोलेर पर्यटक भित्र्याउन सके पर्यटन बिकासका माध्यम बाट प्रदेशको बिकास गर्न सकिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बताएका छन।शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जको दोस्रो प्रवेश द्वारको उद्घाटन गर्न बुधबार कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेलडाँडी पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले भने ९ शुक्लाफाँटाका वन्यजन्तु र वन सम्पदाको अवलोकनका लागि पर्यटकका लागि सहज यो स्थानमा आन्तरिक र बाह्य पर्यटन भित्र्याउन सकिए समग्र प्रदेशमा पर्यटन बिकास हुने भएकाले प्रदेश सरकारबाट पहल गरिनेछ।

बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाको पहलमा पर्यटकका लागि खोलिएको शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अवलोकन ट्र्याक मार्गको उद्घाटनका क्रममा मुख्यमन्त्री शाहले भने ९शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्जका वन्यजन्तुको अवलोकन गर्न कैलाली देखि छोटो दुरीमा रहेको यो क्षेत्रमा खुलेको प्रवेश मार्गले यस क्षेत्रकै मात्र नभएर समग्र प्रदेशको बिकासमा सहायक हुनेछ।

प्रदेशको राजधानी धनगढी देखि करिब ४५ किमिको दुरीमा अबस्थित बेलडाँडी मार्गबाट शुक्लाफाँटाको अवलोकनको अबसर जुटाउन पहल कदमी गर्ने गाउँ पालिकाका जनप्रतिनिधि धन्यवादका पात्र रहेको मुख्य मन्त्री शाहले बताए। यसअघि शुक्लाफाँटा वन्यजन्तु राष्ट्रिय निकुञ्ज अवलोकनको प्रवेश द्वार भिमदत्त नगरपालिका स्थित मझगाउँमा मात्र रहेको थियो। निकुञ्ज प्रवेशको लागि पुर्वी दक्षिणी क्षेत्रको बेलडाँडीबाट प्रवेश द्वार खोलिए पछि निकुञ्जमा पर्यटकहरुका लागि सहज बनेको छ।

सुदूरपश्चिमको पर्यटकीय गन्तब्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अवलोकनका लागि धनगढीदेखि छोटो दुरीमा रहेको बेलडाँडी प्रवेश द्वारको उद्घाटन बाट कञ्चनपुरका चारवटा पालिका लाभान्वित हुने भएका छन् ।