धनगढीले पायो उत्कृष्ट नगरपालिकाको सम्मान
2023/03/14, 12:57
 
dd

धनगढीले देशकै उत्कृष्ट उपमहानगरपालिकाको अवार्ड पाएको छ। नेपाल नगरपालिका संघले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको उपाधि दिएको छ।

नेपाल नगरपालिका संघको ३०औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकालाई उत्कृष्ट नगरपालिकाको रुपमा सम्मान गरेका हुन्। धनगढीले संस्थागत विकास, सेवा प्रवाह र वित्तीय सुशासनका क्षेत्रमा उत्कृष्ट काम गरेकाले  उत्कृष्ट नगरपालिका अवार्डका लागि छानिएको नेपाल नगरपालिका संघले जनाएको छ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई उत्कृष्ट नगरपालिकाको अवार्ड प्रदान गरेका हुन्। नेपाल नगरपालिका संघ २०५० मा सबै नगरपालिकाको प्रतिनिधि संगठनको रुपमा स्थापना भएको संस्था हो र यसले नगरपालिकाका साझा समस्या र अधिकारको वकालत गर्दै आएको छ।