सारथी अस्पतालमा रगत सम्बन्धीका रोगहरुको बिशेषज्ञद्धारा उपचार हुने 
2023/04/21, 12:01
 
ss

धनगढीको सारथी अस्पतालमा रगत सम्बन्धीका रोगहरुको बिशेषज्ञद्धारा उपचार हुने भएको छ । आगामी बैशाख ३० गते रगत सम्बन्धीका रोगहरुको बिशेषज्ञद्धारा उपचार हुने भएको हो । काठमाण्डौंका बरिष्ठ रक्तरोग तथा वोनम्यारो प्रत्यारोपण बिशेषज्ञ प्राध्यापक डाक्टर बिशेष पौड्याल सारथी अस्पतालमा आउन लागेका हुन् ।

1
शरिरमा बेलाबेलामा निलो दाग आउने, हेमोग्लोबिन, सेतो रगत वा प्लेलेट्सको कमि वा बढी हुने ब्लिडिङ, एनिमिया, शरिर तातो हुने, थकान महसुस हुने, महिनावारी हुँदा बेसी रगत जाने, लगायतका समस्याहरुको बरिष्ठ रक्तरोग तथा वोनम्यारो प्रत्यारोपण बिशेषज्ञ प्राध्यापक डाक्टर बिशेष पौड्यालले उपचार गर्ने सारथी अस्पतालका अध्यक्ष वेदप्रकाश जोशीले जानकारी दिए ।
रगतको सामान्य रोगदेखि क्यान्सरसम्मका साथै बोनोम्यारो, ट्रान्सप्लान्ट सम्बन्धी सेवा लिन अस्पतालले आग्रह गरेको छ ।