धनगढीमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती, बैंकमा लामो लाईन
2023/04/25, 10:40
 
ss

धनगढीमा जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती भोग्नु परेको छ। जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बुझ्न बैंकमा भिडभाड र लामो समयसम्म लाईन बस्नुपर्दा सास्ती भोग्नु परेको हो। स्थानीय सरकारले घर घरमै सामाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्ध भत्ता दिने निर्णय गरेको भएपनि सो नियम लागू हुन सकेको छैन।

धनगढीका बिभिन्न बैंकहरुमा जेष्ठ नागरिकले लामो लाईनमा बस्न समस्या भएको उनीहरुले बताएका छन् । धनगढी उप–महानगरपालिका वडा नम्बर ८ का ७० वषीय जेष्ठ नागरिक बुरा राना सिद्धार्थ बैँकमा भत्ता बुझन आएका थिए। भत्ता पाइने आसमा बिहान १० बज्नुअघि आएका उनी देखी भोक भोकै थिए। अस्तबेस्त भिडभाडका बिच उनले लामो समय पालो पर्खिएपछि सेवा पाएका हुन् । टाढा टाढा बाट आएका जेष्ठ नागरिकलाई बस्न पनी समस्या छ । बैङ्कमा ठाउँ समेत नभएपछि कतिपय भुइँमा र कोही सिँढीमा बसेका देखीन्छन्।

उक्त बैँकमा न्युन कर्मचारी हुँदा एक जनालाई सेवा प्रवाहमा समस्या भएको छ। जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिँदा र अन्य सेवाग्राहीलाई रकम जम्मा गर्न र झिक्न समय धेरै लाग्ने गरेको छ । बैँकका एक जना कर्मचारीले मात्रै सो सेवा प्रदान गर्दा स्वयम कर्मचारीलाई कामको चाप र छिटो छरितो सेवा प्रदान गर्न समस्या र सास्ती बेहोर्नुपरेको सेवाग्राही बताउँछन्। धनगढी ७ का स्थानीय हरिसिह राना चर्को गर्मिमा खाली पेट आएका उनले बैंक पुग्दा पहिलो दिन सहजै सेवा नपाएपछि दोस्रो दिन आएका थिए। उनले सामाजिक सुरक्षा भत्ता बुझ्न सास्ती भोग्नु परेको बताए।

उनले भता वितरण वडाबाटै गरिदिएको भए सहज हुने बताए ।चुनावका बेला नेताहरु ले घरघरमै भता पुराउछु भनेर आश्वासन दिएपनि त्यो कहिलै पुरा नहुने उनको भनाई छ। त्यही मात्रै हैन यो भन्दा अघि कृषि विकास बैङ्कबाट भत्ता लिइरहेका धनगढी वडा नम्बर ७ का जेष्ठ नागरिक हरिसिह रानाले अहिले धनगढीमा रहेका सिद्धार्थ बैँकबाट भत्ता वितरण भइरहेको बताए। पहिला कृषि विकास बैकबाट भत्ता मिल्ने गरेको भएपनी अहिले बैक फेरिदा भत्ता बुझन सारै समस्या हुने गरेको उनले भने । वडाबाटै बितरण गर्दा या घर घरमै भत्ता बिरतरण गरिदिए सहज हुने उनले भने।

वडा कार्यालयमा भत्ता नपाउदा बैँकमा भत्ता बुझन आउँदा सारै समस्या हुने गरेको जेष्ठ नागरिकका आफन्तहरु बताउँछन् । धनगढी उपमहानगरपालिकाले भने विकट ठाउका वडा कार्यालयबाट र बैक नजिक वडा कार्यालय भएकाहरुलाइ बैकबाटै भत्ता वितरण भइरहेको जनाएको छ। गाउँतिरका बैँकहरुले वडा कार्यालयबाटै भता वितरण भइरहेको छ उनले भने पहिलाको तुलनामा भता वितरणमा धेरै सुविधा रहेको दावी गरेको छ।