कैलालीमा डिउटीमा खटिएको प्रहरी टोलीमाथी अभद्र ब्यवहार गर्ने २ जना पक्राउ
2023/05/13, 12:42
 
कैलालीमा डिउटीमा खटिएको प्रहरी टोलीमाथी अभद्र ब्यवहार गर्ने २ जना पक्राउ

धनगढी - कैलालीमा डिउटीमा खटिएको प्रहरी टोलीसंग अभद्र ब्यवहार गर्ने २ जना पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका १ जमरा स्थित सडक खण्डमा ईलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट चेकिङ डिउटीमा खटीएको प्रहरी टोलीमाथी अभद्र ब्यवहार गर्ने २ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नंम्बर १३ का २६ बर्षीय प्रकाश सुनार र र सोहीठाउँका २८ बर्षिय अशोक श्रीपाईली रहेका छन् । सुनारको सु.प.प्र.०१-००९ प ३५२२ नम्बरको मोटरसाईकल र श्रीपाईलीको से ६ प १८९० नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्ने क्रममा उनीहरुले प्रहरी टोलीमाथी अपशब्द प्रयोग गरी गाली गलौज,बिवाद,हुल हुज्जत समेत गरी सार्वजनिक स्थानमा अभद्र ब्यवहार गरेको प्रहरीले बताएको छ।सुनार र श्रीपाईलीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय कैलालीबाट सार्वजनिक हित समेत बिरुद्धको कसुरमा ७ दिनको म्याद थप गरी हिरासतमा राखेको छ । उनीहरुकमाथी थप अनुसन्धान कार्य भई रहेको कैलाली प्रहरीले जनाएको छ ।