डोटेली कान्छाद्वारा छोरीको जन्मदिनमा कलाकार कल्याणकारी कोषलाई आर्थिक सहयोग
2023/05/15, 5:19
 
डोटेली कान्छाद्वारा छोरीको जन्मदिनमा कलाकार कल्याणकारी कोषलाई आर्थिक सहयोग

धनगढी –  डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषमा संस्थाका वरिष्ठ उपाध्यक्ष युवा नेता सुरत रावत डोटेली कान्छाले आफ्नो कान्छी छोरी डिना रावतको जन्म दिनको अवसर पारेर आज जेठ १ गतेका दिन ७ हजार १ सय ११ रुपैयाँ नगद जम्मा संस्थाका अध्यक्ष दलबहादुर बोगटी र कोषाध्यक्ष प्रेमबिबश चन्द लाई संयुक्त रूपमा हस्तान्तरण गर्नु भएको छ ।

रकम हस्तान्तरण गर्दै वरिष्ठ उपाध्यक्ष डोटेली कान्छाले जन्म दिनमा फजुल खर्च गर्नु भन्दा कलाकारको साझा संस्था डेउडा प्रतिष्ठानले थालेको यो अभियानमा छोरीको जन्म दिनलाई विशेष दिनको रूपमा अाफुले रकम संस्थालाई हस्तान्तरण गरेको बताउनु भयो । भाषा , कला,संस्कृतिको संरक्षण सँगै कलाकारहरूको साझा एवं अभिभावकत्व गर्ने संस्थाको रूपमा स्थापित डेउडा प्रतिष्ठान केन्द्रीय समितिले स्थापना गरेको कलाकार कल्याणकारी कोषले कलाकारहरूलाई गाह्रो अप्ठ्यारो पर्दा सहारा बन्ने विश्वास रहेको संस्थाका अध्यक्ष दलबहादुर बोगटीले बताउनु भयो ।

कलाकार कल्याणकारी कोष स्थापनाले कलाकारहरूमा खुसी र उमङ्ग थपिएको छ संस्थाका कोषाध्यक्ष प्रेमबिबश चन्दले भन्नू भयो । हामी सबै कलाकारहरूले आफ्नो जन्म दिन होस या छोराछोरीका जन्म दिन होस सो दिनलाई विशेष दिन बनाउन कलाकार कल्याणकारी कोषमा रकम जम्मा गरी यो अभियान सफल बनाउनु पर्ने बताउनु भयो । कल्याणकारी कोषमा यो अबधिमा १ करोड पुर्‍याउने लक्ष्य लिएको छ ।