रैका टुर्स एण्ड ट्राभल्सद्धारा पीसीआरका लागि २० हजार रुपैया सहयोग
2020/07/03, 9:35
 
korona

रैका टुर्स एण्ड ट्राभल्समा कार्यरत कर्मचारीहरुले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि २० हजार रुपैया सहयोग गरेका छन् । डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन  नेपाल र सुदूर पश्चिम समाजद्धारा जारी अभियानमा रैका टुर्स एण्ड ट्राभल्समा कार्यरत कर्मचारीहरुले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि २० हजार रुपैया सहयोग गरेका हुन् ।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाण्डौंमा सहयोग संकलन अभियानको नेतृत्व गरिरहेका ह्युमानिटी फाउण्डेसनका संस्थापक एवम् कोरिया टुर्स एण्ड ट्रेकिङ अपरेटर्स एशोसियसनका अध्यक्ष तथा नेपाल एशोसियन अफ टुर अपरेटरका महासचिव अमर बहादुर शाहीलाई रैका टुर्स एण्ड ट्राभल्समा कार्यरत कर्मचारीहरुले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि २० हजार रुपैया  हस्तान्तरण गरे । ह्युमानिटी फाउण्डेसनका संस्थापक शाहीले पीसीआर मेसिन स्थापनाका लागि सहयोग गर्ने बिष्ट र थापाको जोडीलाई धन्यवाद दिनुका साथै सुखद र सफल बैबाहिक जीवनका लागि शुभकामना दिए ।

ह्युमानिटी फाउण्डेसनका संस्थापक शाहीको नेतृत्वमा काठमाण्डौंमा जारी सहयोग संकलन अभियानको कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक प्रशान्त अर्याल, ओलम्पियन तथा साफ गेममा तेक्वान्दोमा नेपाललाई चार स्वर्ण पदक दिलाउने किर्तिमानी तेक्वान्दो खेलाडी दीपक बिष्ट, राष्ट्रिय खेलकुद परिषद९राखेप० का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, युवा व्यवसायी राजु अवस्थीले अगुवाई गरेका छन् ।