
धनगढी - धनगढीमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेलमा लागुऔषधसहित धनगढी–९ का २२ वर्षीय विशेष योगी र २३ वर्षीय रमेश जोशी पक्राउ परेका हुन्। धनगढी ३ त्रिनगर व्यारेलमा प्रहरी चौकी त्रीनगरबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई शुक्रबार दिउँसो ४ः ४५ बजे पक्राउ गरेको हो ।

योगीले चलाएको सु.प.प्र.०१००८ प११०९ नम्बरका मोटरसाइकल संकालागि चेकजाँच गर्दा मोटरसाइकलको भाईजरमा २ ग्राम ५०० मिलि ग्राम लागुऔषध लुकाई राखेको अबस्थामा फेला पारी उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोटरसाइकलसहित दुबैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धानका गरिरहेको जनाएको छ

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/15, 10:02
2021/05/09, 9:12
2021/12/03, 12:22
2023/01/01, 7:01