माया मेट्रो अस्पतालमा असार २३ गते निसन्तान दम्पतीका लागि चेकजाँच हुँदै
2023/07/05, 5:14
 
माया मेट्रो अस्पतालमा असार २३ गते निसन्तान दम्पतीका लागि चेकजाँच हुँदै

धनगढी  - धनगढी ३ चटकपुरस्थीत माया मेट्रो अस्पतालमा निसन्तान दम्पतीका लागि बिशेष चेकजाँच, उपचार तथा परामर्श हुने भएको भएको छ। माया मेट्रो अस्पतालमा असार २३ गते बरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबि बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा.नुतन शर्माद्धारा निसन्तान भएकाहरु लागि बिशेष चेकजाँच, उपचार तथा परामर्श हुने भएको हो।

उक्त दिन नर्भिक अस्पताल काठमाण्डौँमा कार्यरत नर्भिक IVF सेन्टरका प्रमुख बरिष्ठ स्त्री रोग तथा टेष्टट्युब बेबि बिशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. शर्माद्धारा निसन्तान सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा परामर्श, IVF तथा टेस्ट ट्युब बेबी,महिलामा देखिने सम्पुर्ण समस्याको चेकजाँच तथा परामर्श सेवा दिइने बताइएको छ। निसन्तान समस्या भएका दम्पती श्रीमान, श्रीमति दुवै जना आएर सेवा लिन प्रशासन अधिकृत मनिता तामाङले अनुरोध गरेकी छिन्। असार २३ गते बिहान ९ देखि साझ ५ बजे सम्म डा. नुतन शर्माको सहभागितामा चेकजाँच तथा परामर्श दिइने अस्पतालले जनाएको छ ।