रुख ढलेर भीमदत्त राजमार्ग पुनः अवरुद्ध
2023/08/14, 5:27
 
रुख ढलेर भीमदत्त राजमार्ग पुनः अवरुद्ध

धनगढी - रुख ढलेर भीमदत्त राजमार्ग पुनः अवरुद्ध भएको छ। कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोला क्षेत्रमा आज ९सोमबार० दिउँसो रुख ढलेर भीमदत्त राजमार्ग अवरुद्ध भएको हो।

प्रहरीका अनुसार हालै पहिरो गएको क्षेत्रभन्दा २०० मिटरको दुरीमा रुख ढलेर राजमार्ग अवरुद्ध भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले अहिले रुख हटाउन प्रयास भइरहेको जनाएको छ।साउन २२ गते राति पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग नयाँ ट्रयाक खोलेपछि हिजो साँझबाट एक सातापछि सञ्चालनमा आएको थियो।

तर सो क्षेत्रमा बर्षाले पहिरो जाँने र सडक भासिने क्रम नरोकिएकाले जोखिम कायमै छ। एकतर्फी रुपमा खाली सवारी सञ्चालन गरेर आवतजावत गरिएको थियो। सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध हुँदा आवतजावतमा समस्या छ।