कञ्चनपुरमा तीन जना भरुवा बन्दुक फालेर भागे, खोजीकार्य जारी
2023/08/14, 5:29
 
कञ्चनपुरमा तीन जना भरुवा बन्दुक फालेर भागे, खोजीकार्य जारी

कञ्चनपुर - कञ्चनपुरबाट तीन थान भरुवा बन्दुक बरामद गरिएका छन्। आइतबार कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ कुमगडा स्थित राष्ट्रिय वनमा तीन जना अपरिचित व्यक्तिहरु तीन नाल भरुवा बन्दुक फालेर जंगलतिर भागेको प्रहरीले जनाएको छ।

स्थायी प्रहरी पोष्ट पहरीया कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखेपछि बन्दुक फालेर जंगलतिर भागेका हुन्। प्रहरीले बन्दुक नियन्त्रणमा लिएर फरार तीनै जनाको खोजीकार्य भइरहेको जनाएको छ।