
कञ्चनपुर - कञ्चनपुरको शुक्लाफाँटामा सेफ्टिट्यान्कीमा परेर हात्तीको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर-७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनको शौचालयको सेफ्टिट्यान्कीमा परेर जंगली हात्तीको मृत्यु भएको हो।

राति चर्न निस्किएको हात्ती सेफ्टिट्यान्कीमा परेर निस्किन नसकेर मृत्यु भएको शुक्लाफाँटा वडा नम्बर-७ वडा अध्यक्ष प्रताप धामीले बताए। हात्तीको शरीरको पुच्छरतर्फको भाग ट्यांकीमा फसेकोले निस्किन नसकेको निकुञ्जले जनाएको छ। अहिले हात्तीलाई ट्यांकबाट निकालेर शव परीक्षण गर्ने तयारी भइरहेको बताइएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 4:03
2021/11/07, 4:27
2020/09/16, 11:27
2022/12/27, 1:08