धनगढी उपमहानगरले गर्‍यो बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई सम्मान
2023/09/18, 7:27
 
ss

धनगढी उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान पुर्‍याउने बिभिन्न व्यक्तिलाई सम्मान गरेको छ। उपमहानगरपालिकाको नवौँ स्थापना दिवसको अवसरमा सोमबार बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको हो।

उपमहानगरपालिकाले उत्कृष्ट महिला स्वास्थ्य स्वयं सेविकाको रुपमा वडा नम्बर २ की लिला तिमिल्सिना नगद २५ हजार र प्रशंसापत्र सहित सम्मानित भएकी छिन्। उपमहानगरपालिकाको स्वास्थ्य क्षेत्र अन्तरगत स्वयंसेविकाको भुमिकामा रही उत्कृष्ट कार्य सम्पादन गरि हाम्रो धनगढी हामी बनाउछौँ भन्ने अभियानमा पुर्‍याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मानित भएकी हुन् ।

महिला स्वास्थ्य स्वयं सेविका तिमिल्सिनालाई भौतिक पुर्वाधार मन्त्री प्रकाश देउवा, नगरप्रमुख गोपाल हमाल, नगर उप-प्रमुख कन्दकला राना तथा प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले उपमहानगरपालिकाको नवौँ स्थापना दिवसको अवसरमा नगदसहित  सम्मान पत्र प्रदान गरेका हुन्। साथै स्थापना दिवसमा सम्मानीत गरेकोमा महिला स्वास्थ्य स्वयं सेविका तिमिल्सिनाले उपमहानगरपालिका र विभिन्न स्वास्थसंस्थालाई धन्यवाद दिएकी छिन् ।यस्तै उपमहानगरको ९ औं स्थापना दिवसको अवसरमा आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने करदाता साल्ट ट्रेडिङ कम्पनी लिमिटेडलाई सम्मानित गरिएको छ। सबैभन्दा बढी बहाल कर तिर्ने निसर्ग हस्पिटललाई पनि सम्मानित गरिएको छ।उत्कृष्ट मेलमिलापकर्ता वडा नम्बर १३ का चुडामणि जोशी र वडा नम्बर ५ का देवकीकुमारी चटौतलाई जनही नगद २५ हजार र प्रशंसापत्रसहित सम्मानित गरेको हो।यसैगरी,उपमहानगरले स्थापना दिवसको अवसरमा विषयगत कार्यालय तर्फ नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्र, उत्कृष्ट उपभोक्ता समितिका रुपमा वडा नम्बर १० सरौटा चोकको सार्वजनिक शौचालय निर्माण उपभोक्ता समितिलाई सम्मान गरिएको छ। यस्तै, निर्माण व्यवसायी तर्फ पिएस कन्स्ट्रक्सन प्रालि डिल्लीबजार, सामाजिक कार्यमा उत्कृष्ट कार्य गरेकोमा वडा नम्बर ५ का लालबहादुर खड्का र सामुदायिक वन तर्फ वडा नम्बर ७ को पटेला सामुदायिक वन उपभोक्ता समितिलाई सम्मानित गरिएको हो।

धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा फोहरमैला व्यवस्थापन लगायत अन्य क्षेत्रमा उत्कृष्ट काम गरेका १९ वटै टोल विकास संस्थालाई सम्मान गरेको छ।उपमहानगरको ९ औं स्थापना दिवसको अवसरमा वडा नम्बर १ को मालिका टोल विका संस्था, वडा नम्बर २ को मनकामना टोल विकास संस्था र वडा नम्बर ३ को संगम टोल विकास संस्था सम्मानित भएका हुन्। संस्थाका अध्यक्ष क्रमशः दलबहादुर विष्ट, कमल गुरुङ र प्रजापति जोशीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले सम्मान गरेका हुन्। यस्तै, वडा नम्बर ४ को भगवती टोल विकास संस्थाका अध्यक्ष सिपी साउँद, ५ नम्बर वडाको पीपल चौतारा टोल विकास सस्थाका अध्यक्ष प्रेमबहादुर शाह, वडा नम्बर ६ को श्रीकृष्ण टोल विकास संस्थाका अध्यक्ष शंकरराज पाठकले संस्थाका तर्फबाट सम्मानपत्र ग्रहण गरेका छन्।

यसैगरी, वडा नम्बर ७ को भानुचोक टोल विकास संस्था, वडा नम्बर ८ को विद्यानगर टोल विकास संस्था, वडा नम्बर ९ को हिरयाली टोल विकास संस्था, वडा नम्बर १० को जनकल्याण टोल विकास संस्थालाई सम्मानित गरिएको छ। टोल विकास संस्थाका अध्यक्ष क्रमशः ज्योती गुरुङ, गीता चन्द, पूर्णिमा चौधरी, कुश्मा रानाले संस्थालाई प्रदान गरेको सम्मानपत्र ग्रहण गरेका हुन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ११ को बड्यान टोल विकास संस्था, १२ नम्बरको उद्यमशील टोल विकास संस्था, वडा नम्बर १३ को हिमाली टोल विकास संस्था, वडा नम्बर १४ को शिवालय टोल विका संस्था, वडा नम्बर १५ को उर्मी टोल विकास संस्था, १६ नम्बर वडाको मिलन टोल विकास संस्था, वडा नम्बर १७ को सहासीपुर टोल विकास संस्था, १८ को तुल्सीवारी टोल विकास संस्था र वडा नम्बर १९ को फूलवारी टोल विकास संस्थालाई सम्मानित गरिएको छ। सम्मानित हुने टोल विकास संस्थाका अध्यक्षहरू क्रमशः क्रमलाल राना, रविन्द्रबहादुर थापा, रेवन्त खड्का, पूर्णराज तिवारी, चन्की चौधरी, मनिषादेवी चौधरी, प्रकाश चौधरी, चक्रबहादुर बस्नेत र लक्ष्मी चौधरीलाई मन्त्री धामीले सम्मानपत्र प्रदान गरेका हुन्।