धनगढी उपमहानगरपालिकाले १९ वटै वडामा ग्राभेल गर्ने
2023/10/03, 2:06
 
ss

धनगढी उपमहानगरपालीकाले १९ सै वडामा ग्राभेल गर्ने योजना अघि सारेको छ । उपमहानगरपालीकाका वडा कार्यालयको सिफारिसका आधारमा सडक ग्राभेल गर्ने जनाएको हो ।

उपभोक्ता समिति र कोटेशनमार्फत नभइ वडाका सिफारिसमा उपमहानगरले सडक ग्राभेल गर्न लागेको जनाएको नगर प्रमुख गोपाल हमालले बताएका छन् ।उप(महानगरपालिकाले चालु आर्थिक वर्षमा सडक ग्राभेल गर्ने काम उपभोक्ता समिति र कोटेशन मार्फत नगरी सात वटा ब्याको लोडर प्रयोग ग्राभेल गर्न लागेको जनाएको छ ।

उप महानगरपालिकाले पुरानो ३ वटा टिप्पर नयाँ ६ वटा टिप्पर गरि जम्मा ९ वटा टिप्पर तथा पुरानो दुई र नयाँ तिन गरि पाँच वटा ब्याको लोडर ग्राभेल गर्न प्रयोग भईरहेको जनाएको छ।थप २ वटा टिप्पर र दुइ वटा ब्याकोलोडर खरिद प्रक्रियाको अन्तिम चरणमा रहेको उपमहानगरले जनाएको छ।

उप महानगरपालिकाले सवारी चालकको तलब व्यवस्थापन गर्ने र वडाबाट रोयल्टी, तेल र सवारी चालकको खाना व्यवस्थापन गरि धनगढीका सम्पूर्ण कच्ची सडक ग्राभेल गर्ने नीति लिएको छ। सोमबारदेखि १९ वडाका सडकमा ग्राभेल गर्ने कामको सुरु गरेको र सबै ग्राभेल गर्ने कार्यक्रम रहेकोले गाउँ, टोलमा ग्राभेल गनु पर्ने सडकहरु भएमा वडा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ। साथै ग्राभेल सडक निर्माण भैरहेको स्थानहरूमा गुणस्तरीय निर्माण गर्नमा सहयोग एवं निरक्षण गर्न सबैमा नगरप्रमुख हमालले अनुरोध गरेका छन् ।