सर्वोच्चमा मुद्दा विचाराधीन रहेको भन्दै धनगढीको मुख्य सडक निर्माणमा अवरोध,  स्टेअडर नआएको उपमहानगरको दावी
2023/10/08, 12:12
 
ss

कैलालीपुलदेखि क्याम्पसरोडसम्मको निर्माणधिन सडकको नाली निर्माणमा अवरोध सृजना भएको छ। धनगढीको मुख्य सडकको नाली निर्माण तिब्र रुपमा भईरको अवस्थामा क्याम्पसरोड क्षेत्रमा क्षतीपुर्तिको माग राख्दै खनिएको नाली पुरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ८ का स्थानीय तथा संविधान सभा सदस्य प्यारेलाल रानाले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको जानकारी धनगढी उपमहानगरपालिका लाई पटक –पटक गराउँदा समेत वेवास्ता गरिएपछि अवरोध गर्ने बाध्य भएको जानकारी दिए। सडक विस्तारलाई अवरोध गर्ने आफ्नो कुनै मनसाय नभए पनि २०२१ सालको नक्सा बमोजिम सडक विस्तार गर्ने आफुले गरेको आग्रहलाई वेवास्ता गरिएपछि २०७९ मा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेको रानाले जानकारी दिए।

उनले भने- सडक विस्तारका क्रममा २०५८ र २०७९ मा गरी ९ धुर भन्दा बढी जमिन सडकमा गएको छ, २०५८ सालमा सडक विस्तार गर्दा तत्कालिन धनगढी नगरपालिकाले एकतर्फि मात्रै जमिन अतिक्रमण गरेको र अहिले त्यहि सकड देखाएर धनगढी उप-महानगरपालिकाले सडकको केन्द्र भागदेखि दायाँबायाँ १५–१५ मिटर सडक फराकिलो बनाउन डोजरको प्रयोग गरेर भौतिक संरचना भत्काएपछि आफु मारमा परेको जानकारी दिए।

सभासद रानाले अहिले पनि सडकमा भएको जग्गा आफ्नो नाममा भएको हुदाँ त्यसको मालपोत सरकारलाई तिर्दै आएको दावी गरे। उनले भने मेरो नाममा भएको जमिनमा सरकारले त्यतिकै सडक बनाउँन पाउँछ ? यता धनगढी उपमहानगरपालिकामा मेयर गोपाल हमालले कैलालीपुलदेखि क्याम्पसरोडसम्मको निर्माणधिन सडकमा सर्वोच्च अदालतका कुनै पनि स्टेअर्डर नआएको बताए। उनले समयमा सडक निर्माण सम्पन गर्ने अवरोध होइन सवै धनगढीवासीले सक्दो सहयोग गनुपर्ने जानकारी दिए।नगर प्रमुख हमालले धनगढीको मुख्य सडकको सवारी जाम हुने गरेकाले सडक चौडा गर्ने योजना अन्तर्गत सडक निर्माणको काम भैरहेको बताए। उनले धनगढीको मुख्य सडक चौडा बनाउने काममा अहिले सम्म सवैको सहयोग रहदै आएको र आगामी दिनमा पनि सहयोग गर्ने घर धनीहरूलाई आग्रह गरे । कैलाली पुलदेखि क्याम्पस चोकसम्मको २ दशमलव ३ किलोमिटर सडक निर्माणकालागि ठेक्का आह्वान भई अहिले धमाधम काम भईरहेको छ।

उक्त सडक निर्माणका लागि सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत पूर्वाधार विकास कार्यालय कैलाली र केएस कन्स्ट्रक्सन बीच सडक निर्माणका लागि ठेक्का सम्झौता गरिएको हो। २४ महिना भित्र कैलाली पुलदेखि क्याम्पस रोड, हुलाकी राजमार्गसम्म कालोपत्र सडक निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएको पुर्वाधार कार्यालयले जनाएको छ। सडक निर्माणमा साढे ५१ करोड ६९ लाखमा केएस कन्स्ट्रक्सनसँग सडक निर्माणको ठेक्का सम्झौता छ।