दशैँको उपलक्ष्यमा माया मेट्रो अस्पतालले दुई दिने रक्तदानको आयोजना गर्ने
2023/10/10, 1:28

माया मेट्रो अस्पताल धनगढीले दशैको उपलक्ष्यमा दुई दिने रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ। दशैको पूर्व सन्ध्यामा असोज २९ र ३० गते दुई दिन रक्तदानको आयोजना गर्न लागेको अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए।

पछिल्लो समय स्वास्थ्य संस्था वा ब्लड बैङ्कमा हुने रगत अभावका कारण बिरामीलाई हुने थप समस्यालाई मध्यनजर गर्दै अस्पतालले दुई दिन अस्पतालको प्राङ्गगाणमा रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो।
नेपाल रेडक्रस सोसाइटी धनगढीको सहकार्यमा हुने सो रक्तदान कार्यक्रमले केही मात्रामा भए पनि रगतको परिपूर्ति हुने अस्पताले विश्वास लिएको छ । यस्ता चार्ड पर्वमा अस्पतालले रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । रक्तदान कार्यक्रम बिहान १० बजेदेखि साँझ ३ बजेसम्म सञ्चालन हुनेछ।

2025/05/22, 10:58
2025/05/22, 10:55
2025/05/22, 10:54
2025/05/22, 10:52
2025/05/22, 10:51
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/04, 10:09
2021/02/22, 11:49
2021/09/22, 2:11
2022/08/13, 5:39
2023/12/18, 12:54