सारथी अस्पतालको सेवा फेरि सुरु
2023/11/22, 11:47
 
jhgfhgjj

कैलालीको धनगढीमा रहेको सारथी अस्पताल प्रालीको सेवा फेरि सुरु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको १५ शय्याको सारथी अस्पतालले सेवा फेरि सुरु गरेको हो। 

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाममा सञ्चालनमा रहेको अस्पतालमा बिहिवार राति आगो लागेपछि सेवा बन्द भएको थियो। भण्डारी जनरल स्टोरमा विद्युत् सर्ट भएर लागेको आगोले अस्पतालका उपकरण जलेका थिए। अस्पतालको मात्र पाँच करोड ५० लाखको क्षति भएको थियो।

अस्पतालका सञ्चालक वेदप्रकाश जोशीका अनुसार पश्चिम तिरको भवनबाट १५ शय्याको अस्पतालको सेवा सुरु गरिएको बताए। उनले भने, ‘आगलागीले केही समय बन्द भएको सेवा सुरु गरेका छौ। पश्चिम तिरको भवनबाट सबै सेवा दिन थालेका छौ।’दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ता चप्पलको होलसेल गोदाम) मा लागेको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको थियो।