वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्माले माया मेट्रो हस्पिटलमा २ दिन सेवा दिने
2023/12/07, 10:51
 
ss

वरिष्ठ प्रसूति तथा स्त्रीरोग एवम् टेष्ट्युब बेबी विशेषज्ञ डा. नुतन शर्मा धनगढी आउने भएकी छन्। मंसिर २२ र २३ गते धनगढीको माया मेट्रो हस्पिटलमा सेवा दिन आउन लागेकी हुन्।

ललितपुरमा रहेको नर्भिक अस्पताल आइभिएफ सेन्टरको संस्थापक समेत रहेकी डा शर्माले निसन्तान सम्बन्धी सम्पूर्ण समस्याहरु उपचार तथा परामर्श दिन धनगढी आउन लागेकी हुन्। ‘मलाई भेट्न बिरामीले काठमाडौं आइपुग्नु परेन,’ डा. शर्माले भनिन् ‘म आफैं बिरामी भेट्न धनगढी आउँदैछु।’ डा. शर्माले दुई दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उक्त सेवा लिन समेत सबैमा आग्रह गरिन्।

सुदूरपश्चिममा पनि महिला र पुरुषमा बाँझोपनको समस्या हुने तर उपचार गर्न काठमाडौँ लगायत प्रदेश बाहिर जानुपर्ने समस्या रहेकाले सो समस्यालाई मध्यनजर गर्दै डा. शर्मा दुई दिन माया मेट्रो अस्पतालमा रहने अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए।