कञ्चनपुरमा आन्दोलित भएका किसानहरु आए सहमतिमा
2023/12/12, 5:06
 
dd

कञ्चनपुरमा आन्दोलित भएका उखु किसानहरु सहमतिमा आएका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका(१० शिवनगरस्थित महाकाली सुगर मिलले काटिसकेका उखु स्थानीय किसानलाई पर्ची नदिएको भन्दै सोमबार ९हिजो० किसानहरु मिलभित्रै आन्दोलित भएका थिए।

मिलले पर्ची दिन ढिलो गर्दा काटेको उखु खेतमा सुकिरहेको भनेर आन्दोलित बनेका किसानले मिलमा उखु तौल रोकेका थिए। मिलभित्र पर्चीविना राखिएका उखु ट्रलीलाई चलान गरी तौल गरिने सहमतिपछि करिब २ घण्टा बन्द रहेको मिल सञ्चालनमा आएको थियो। आन्दोलित भएका किसानहरु मिलले पर्चीविनाका उखुका ट्रली चलान गरी तौल गर्ने बताएपछि सहमतिमा आएका हुन्।

उखु मिलले हिजो र आज किसानका नाममा पर्ची नकाट्ने जनाएपछि पर्चीविना उखु लगेका किसानलाई बाहिर पठाइएको थियो। त्यसपछि सिमावर्ती क्षेत्रबाट उखु निर्वाध रुपमा नेपाल भित्रने, स्थानीय किसानले पर्ची नै नपाउने र व्यापारीहरुलाई पर्ची दिने गरेको भन्दै किसानहरु आक्रोशित भएका थिए। सोमबार किसान आन्दोलित भएपछि प्रहरी चौकी भुडाबाट प्रहरी टोली खटाइएको थियो। पर्चीविनाका उखुका ट्रली चलान गरी तौल गर्ने बताएपछि सहमतिमा आएपछि किसानहरुलाई सहज भएको छ।