धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण
2024/01/10, 12:53
 
11

काठमाडौंबाट धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण गरिएको छ।

धनगढीका लागि उडेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण गरिएको हो। खराब मौसमका कारण ती जहाजहरुको अवतरण सुर्खेतमा गरिएको हो। १० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ।

मौसमी खराबीका कारण ती जहाजहरु धनगढीमा अवतरण हुन नसकेर उतै सुर्खेतमा आकस्मिक अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले बताए।