धनगढीमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा दुई जना घाईते
2024/04/12, 1:51
 
dsfsgd

धनगढीमा मोटरसाईकलले कारलाई ठक्कर दिँदा दुर्घटना भएको छ। धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढी उपमहानगरपालिका–१३ मोहनपुरमा सुपप्र०१००७ प ९८२५ नम्बरको मोटरसाईकलले बागमती प्रदेशको ०१०२९ च १७८३ नम्बरको कारलाई ठक्कर दिएको हो।

अत्तरियादेखि धनगढी आउँदै गरेको कारलाई पछाडीबाट मोटरसाईकलले ठक्कर दिएर दुर्घटना भएको पहरीले जनाएको छ । दुर्घटना हुँदा दुई जना घाईते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।घाईते हुनेमा मोटरसाईकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय विक्रम राना र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २१ वर्षीय दिपेन्द्र राना रहेका छन्।

घाइते दुबै जनाको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कार र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।मोटरसाईकलको अघाडी र कारको पछाडीको भागमा क्षती पुगेको बताइएको छ । सो दुर्घटना सम्बन्धि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।