कैलालीमा विश्वकै दुर्लभ मगर गोही, स्थानीय नदीहरुमा पाईने डल्फिन रैथाने 
2020/07/08, 10:00
 
dolphin

कैलालीमा विश्वकै दुर्लभ मगर गोही पाईने गरेको संरक्षणकर्मीले बताएका छन् । स्थानीय नदीहरुमा पाईने डल्फिन रैथानेसँगै मगर गोही पनि पाईने गरेको संरक्षणकर्मी विजय श्रेष्ठले जानकारी दिए । डल्फिनसंगै विश्वमै दुर्लभ प्रजातीको गोहि घडियाल,  मगरगोहि र कछुवाहरु समेत अवलोकन गर्न पाएपछि यहाँ आउने पर्यटकहरू निकै रमाउने गरेको डल्फिन संरक्षण मंचका सचिव तथा संरक्षणकर्मी बिजयराज श्रेष्ठले बताए ।

उनले बर्षा लागेसंगै नदिको जलस्ततर बढ्ने र आहाराका लागि प्रर्याप्त रूपमा माछा पाइने भएकाले डल्फिनहरु यहाँसम्म आउने गरेको बताए । कर्णाली नदिमा पाईने रैथाले जातका डल्फिनहरु कर्णाली नदिमा जलस्तर बढेपछि सहायक नदि मोहना, पथरैया र काँढाको संगमस्थमा डल्फिन आउने गरेको लामो समयदेखि डल्फिन खोज अनुसन्धान तथा संरक्षणमा लागेका संरक्षणकर्मी श्रेष्ठले बताए । 

0

यता कोरोना भाइरसका कारण पर्यटन वर्ष प्रभावित भएपनि प्रकृतिप्रेमी पर्यटकलाई भने कोरोनाले समेत रोक्न सकेन । टिकापुर नगरपालिकाको वडा नम्बर ७ मा रहेको ढुंगाना टोलमा वर्षा सुरु भएसंगै देखिने डल्फिन हेर्न स्वदेशी मात्रै होइन विदेशी पर्यटक समेत पुगेका छन । बन्दाबन्दीमा नेपालमै रहेका इङल्याण्डका दुई र नेडरल्याण्ड्सका एक जना पर्यटक उक्त क्षेत्रमा डल्फिन अवलोकन गर्न पुगेका छन् ।

1

बर्दियाको ठाकुरद्वारमा बसेका उनीहरु डल्फिन अवलोकन गर्न पाउँदा निकै रमाएको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले बताए । उनले नजिकैबाट डल्फिन देख्न पाएपछि विदेशी पर्यटकहरु निक्कै रमाएको बताए । करिब पाँच वटा बच्चा र १० वटा वयस्क गरी हालसम्म १५ वटा डल्फिन देखा परिरहेको अध्यक्ष ढुंगानाले बताए । उनले मोहना, पथरैया र काँढा गरी तीनवटै नदी र गैरी खोलाको दोभानमा डल्फिन देखिन थालेको बताए । 

2

विश्वमै दुर्लभ मानिने गङ्गेटिक प्रजातिको डल्फिन अवलोकनका लागि कैलालीमा हरेक वर्ष विदेशी पर्यटक पुग्ने गरेका छन् । कोरोना भाइरसका कारण मुलुककै पर्यटन यसवर्ष प्रभावित भए पनि डल्फिन अवलोकनका लागि विदेशी पर्यटक आउँदा उत्साह थपिएको अध्यक्ष ढुङ्गानाले बताए ।