सुदुरपश्चिमको निति तथा कार्यक्रमः कृषिमा आत्मनिर्भरदेखि एमबीबीएस अध्ययनका लागि छात्रवृतिसम्म
2024/06/03, 8:46
 
ss

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतवार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ । सुदुरपश्चिम प्रदेशको निति तथा कार्यक्रममा प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिनेदेखि क्रममागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषय समावेश गरिएको छ । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको छ ।

यस्तै सरकारले कृषीमा आत्मनिर्भर सुदुरपश्चिमको अभियान भन्ने नारा सहित ५ बर्षभित्र खाद्यान्न, माशु, अण्डा लगायतमा आत्मनिर्भर बन्ने लक्ष लिएको छ । निजि क्षेत्र सगंको सहकार्यमा कृषी तथा पशु पालन र बजारीकरण कार्यक्रम लागु गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कृषीमा आत्मनिर्भर बनाउँदै बाहिरिने युवा शक्तीलाई स्वदेशमै स्वरोजगार बनाउने लक्ष लिइएको छ ।

स्वास्थ्य तर्फ सेती र महाकाली प्रादेशिक अस्पताल तथा टिकापुर अस्पतालको स्तरोन्नती सगैं आवश्यक जनशक्ती थपिने कार्यक्रम रहेको छ । यस्तै आयुर्वेदिक उपचार पद्धतीको बिकास गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालयमा बिषेशज्ञ सेवा शुरु गरिने कार्यक्रममा उल्लेख छ । यि सगैं जिल्ला अस्पतालहरुको स्तरोन्नतीे जनाइएको छ । सुदूरपश्चिम सरकारले कमैया कमलरी हलियाका बालबालिकालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने विषय पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेश सरकारकाले कमैया कमलरी हलियालाई सीमान्तकृत वर्गका विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने भएको छ । गरिब, विपन्न, शहीद बेपत्ता र घाइते परिवार, अपाङ्ग, महिला, दलित, मुक्त कमैया कमलरी हलिया र सीमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा, चिकित्सा शिक्षातर्फको एमबीबीएस विषय अध्ययन गर्न छात्रवृत्ति दिइने विषयमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमा राखिएको छ।शिक्षा तर्फ हरेक निर्वाचन क्षेत्र एक नमुना बिद्यालय बनाएर बिकास गरिने उल्लेख छ । साथै बालबिकास शिक्षा लाई समय सुहाउँदो बनाउन नमुना बालकिास कक्षा सञ्चालन गरिने उल्लेख छ ।

कृषिमा जलवायु परिर्वतनको असर न्यूनीकरण गर्न जलवायुमैत्री कृषि गाउँ निर्माण गरिने जनाइएको छ। त्यसैगरी, विपत् प्रभावित किसानका लागि मागमा आधारित कृषि कार्यक्रम लागु गरिने बताइएको छ। प्रदेशमा जयपृथ्वीबहादुर शैक्षिक सुधार कार्यक्रम लागु गरिने सरकारको आगामी नीति रहेको छ। प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा एकरएक विद्यालय छनोट गरी नमूना विद्यालयको बनाइने नीति तथा कार्यक्रम उल्लेख छ।

यसैगरी, प्रत्येक स्थानीय तहमा एकरएक बाल विकास केन्द्रलाई नमूना बाल विकास केन्द्र बनाउने कार्यलाई निरन्तरता दिइने, परम्परागत र धार्मिक प्रकृतिका विद्यालयको संरक्षण र सुधारका लागि अनुदान दिइने, वादी उत्थान छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने, अनुसन्धान एवम् नवप्रवर्तन कार्यक्रमलाई अगाडि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। प्रदेश सरकारले प्रदेश स्तरीय सङ्ग्रहालयको स्थापना र सञ्चालन गर्ने जनाइएको छ। यसैगरी, थारु समुदायको भलमनसा, बड्घर प्रथाको प्रवद्र्धन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।

स्थानीय तहको समन्वयमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्ने, नसर्ने रोग नियन्त्रण योजना कार्यान्वयन गरिने जनाइएको छ। ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या न्यूनीकरणका लागि स्थानीय तहको समन्वयमा विशेष कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ। भौतिक पुर्वाधारका क्षेत्रमा गौरवका योजनालाई निरन्तरता दिनुका साथै सडक नपुगेका तिन गाउँपालिकामा सडक सञ्जाल जोड्ने उल्लेख छ । साथै सडक सञ्जाल नपुगेका क्षेत्रमा झोलुगें पुल निर्माण कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ । त्यस्तै सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रमा समावेश गरिएको हो । पर्यटकिय सम्भावना भएका धार्मिक तथा पर्यटकिय क्षेत्रको बिकास गरी प्रचार पसार गरिने निति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा औधोगिक क्षेत्रको बिकास गरी स्वदेशमै रोजगारी श्रृजना गर्ने तर्फ सरकारका कार्यक्रम आउने उल्लेख छ । प्रदेश प्रहरीको सगंठन चलायमान बनाउन आवश्यक कार्यक्रम ल्याइने उल्लेख छ ।