कैलारी गाउँपालिकामा १० जना सिकलसेलका बिरामी थपिए
2024/11/25, 3:39
 
sikal sel

 थारु समुदायमा बंशाणुगत हुने सिकलसेलका बिरामी कैलारी गाउँपालिकामा केहीँ संख्याले बढेका छन् । ९४ जनाबाट १० जना बढेर १ सय ४ जना पुगेका कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौधरीले बताए ।

कैलारी गाँउपालिकामा २०८० को तथ्याङ्क अनुसार ९४ जना नियमित उपचार गराइ रहेका थिए , तर यो चालु बर्ष २०८१ मा बढेर १ सय ४ जना नियमित उपचारमा रहेका स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए । लामखुट्टे प्रभावित क्षेत्रमा देखिने यो एक बंशाणुगत रोग भएता पनि हाल कैलारी गाउँपालिकाको तथ्याङ्कलाई हेर्दा चौधरी , थारु समुदायमा मात्रै रहेको छ ।

सिकल सेलका बिरामीको सेती प्रादेशिक अस्पतालमा निशुल्क उपचार गरिदै आएको र थप गाउँपालिकाबाट उपचार गर्न जाँदा लागेको यातायात खर्च, निशुल्क रगत समेत उपलब्ध गराउदै आएको कैलारी गाउँपालिकाकी उपाअध्यक्ष भगवती कुमारी चौधरीले बताइन् ।

यो सँगै सिकल सेलका बिरामीको १ लाख रकम बराबरको निशुल्क स्वास्थ्य बिमा गरिदै आएको छ ।