राष्ट्रवाद राष्ट्रप्रेम प्रतिको धोका हो
2020/07/10, 3:06
 
artile

शिशिर विश्वकर्मा- राष्ट्रवाद अनि राष्ट्रप्रेम सामान्य अर्थ रूपमा समान लाग्ने यी दुई शब्दको अर्थ भने फरक फरक रहेको छ। राष्ट्रवाद एउटा राष्ट्रप्रति को विचारधारा हो जो विश्वमा राज्यहरु स्वतन्त्र भएपछि तथा एकीकरण गरी ठूलो राज्य बन्ने क्रममा राष्ट्रवादको धारणा उदय भएको पाइन्छ। राष्ट्रवाद प्रत्येक देश स्वतन्त्र ,  सार्वभौम सत्ता सम्पन्न हुन पाउनु पर्छ भन्ने धारणा राख्दछ ।  राष्ट्रप्रेम आफू जन्मेको भूमि ,  त्यहाँका मानिस , संस्कृति प्रति अनुराग र सम्मान प्रकट भई भावनात्मक रूपले एकता हुने भावना हो । राष्ट्रप्रेम प्रतिरक्षात्मक हुन्छ आक्रामक हुँदैन  । शान्ति हुन्छ हिंसा हुँदैन । विकास हुन्छ विध्वंस हुँदैन । सम्मान हुन्छ अहंकार हुँदैन।

राष्ट्रवाद लाई दुई तरिकाले हेर्न सकिन्छ । सकारात्मक र नकरात्मक । सकारात्मक राष्ट्रवाद ले विभन्न जातिय , धार्मिक , भाषिक , सांस्कृतिक समुदायलाई एकीकृत गर्दा छ। नकरात्मक वा उग्रराष्ट्रवादले भने देश मा दमन , हिंसा , उत्पीडन , शत्रुता पैदा गराई देशलाई टुक्राउने स्थिति पैदा गराउँदा छ। हो यही उग्रराष्ट्रवाद राष्ट्रप्रेम प्रति को धोका हो। उग्र राष्ट्रवाद राष्ट्रप्रेम को ठीक विपरीत हुन्छ ।  विश्व जगतमा इतिहास देखि नै राष्ट्रप्रेम भन्दा राष्ट्रवादको
आगो दन्किएको छ । जुन आगो उग्र राष्ट्रवाद मा परिणत हुन्छ।  राष्ट्रवाद हुनु पर्छ किनकि राष्ट्रको समुन्निति तथा राष्ट्र को प्रगति को लागि राष्ट्रवाद को विचारधारा आवश्यक हुन्छ। यसले नागरिकको राष्ट्रप्रतिको कर्तव्य बोध गराउँदछ। साथै आत्म सम्मन र गौरव निम्ति  पनि आवश्यक हुन्छ । तर राष्ट्रवादलाई व्यक्तिको स्वार्थका लागि प्रयोग गरेमा यसले हानि पुर्याउँछ ।

मानव सभ्यताको इतिहास को नै विध्वंसकारी युद्धहरू भनी प्रस्तुत गरिने प्रथम विश्वयुद्धको र दृतीय विश्व युद्ध हुनु को प्रमुख  कारण भनेको नै उग्रारष्ट्र वाद  हो । खासगरी  जर्मनी र इटली को एकीकरणपछि त्यहाँ राष्ट्रवाद चरम बिन्दूमा  पुगेको थियो । त्यहाँका जनताहरुमा आफ्नो राष्ट् र  नागरिकहरु मात्र विश्व हो , अरु केही पनि होईनन भन्ने भावना विकास भयो । उनीहरुमा अन्य राष्ट्रहरूको अस्तित्व नै नस्वीकार्ने र हामीहरू विश्वमा शासन गर्न जन्मिएका हौं  भन्ने अहंकार ले प्रश्रय पायो । त्यही नै उग्रराष्ट्रवाद थियो । यसरी उनीहरूको अन्य राष्ट्र हरु  बिच दूरी बढ्यो । सोही फुलस्वरुप प्रथम विश्वयुद्ध जस्तो विध्वंसकारी युद्ध  भयो । करिब १५६५ दिन सम्म चलेको यो युद्ध १९१९ जुन २८ मा अन्त्य भएको थियो । जसमा करिब ९० लाख मानिसहरू
मारिएका थिए भने २ करोड ९० लाख मानिस घाईते तथा बेपत्ता भएका थिए । युरोपेली राष्ट्र हरु आर्थिक  ढुकुटी समाप्त भई टाट पल्टेका थियो । उग्रराष्ट्रवाद को तत्त्वको रूपमा रहेका बादल को भावना तथा शत्रुता को कारणले प्रथम विश्वयुद्धको पूरा  घाउ सुक्न् नपाउँदै ठीक विस वर्ष नौ महिनापछि सन् १ सेप्टेम्बर १९३९ मा दोस्रो विश्वयुद्ध सुरुभयो । यो अत्यन्त विनासकारी थियो । यस युद्धमा करिब दुई करोड विस लाख मानिसहरू मारिएका थिए । भने तीन करोड चालिस लाख मानिस घाईते भएका थिए।

हाल विश्व भूमण्डलीकरण तर्फ बढी रहेको   समयमा अहिले केही देशमा राष्ट्रवाद नयाँ लहर सुरु भएको छ। स्वतन्त्र व्यपापर र वैदेशिक अर्थतन्त्र वकालत गर्ने अमेरिका संग्रक्षणबाद उन्मुख छ। हाल अमेरिका म नै सर्वोच्च मनै शक्तिशाली भन्ने अहंकार रहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प ले विभेद लाई बढाउने जातिय आक्रामक बढाउने जातिय आलोचना प्रेस लाई गाली गर्ने  अभिव्यक्ति दिरहेक हुन्छ्न अहिले अमेरिका विश्व समुदाय बाट एकलिदैछ छ। अहिले उस प्रति रहेको मित्र राष्ट्र हरुको विश्वास घट्दै छ । राष्ट्रपति देश मा राष्ट्रवाद को आगो दनकाउनुको लागि  चीन ले मलाई हराउन खोज्दै छ भन्ने जस्ता आक्रोस युक्त  अभिव्यक्ति दिरहेको हुनछन् । भारतमा पनि हामी नै महान हामी नै सही हामी शक्तिशाली भन्ने उग्र राष्ट्रवाद रहेको छ ।

अहिले उसका करिब सम्पूर्ण छिमेकी मुलुक सँग सम्बन्ध चिसिएको छ। चीन सँग सीमा विवाद , पाकिस्तान सँग पनि सीमा विवाद  र नेपाल सँग पनि सीमा विवाद छ भने बंगलादेश संग नागरिकता विवाद रहेको छ भने हाल सालै श्रीलंका संग पनि सम्बन्ध चिसिदै रहेको छ भन्ने कुरा मीडिया सामाजिक सञ्जालमा सुन्न सकिन्छ । तर पनि भारत र  भारतीय  मीडिया ले हामी नै सही हामी नै महान प्रमाणित गर्न कुनै पनि कसर छोड्दैनन्  । यही नै अहंकार भारत मा रहन छ भने भारत अस्ताउन समय लाग्दैन । भारतीय  राजनीति को मुख्य एजेण्डा भनेको धार्मिक र जातिय मुद्घा हो। यही धार्मिक राजनीतिले भारत टुक्री पाकिस्तान को स्थापना भएको हो । हाल सत्ता मा रहेकको दल पनि हिन्दू उग्र राष्ट्रवादी रहेको छ । त्यहाँ दिनानु दिन धार्मिक तथा जातीय आवज उठिरहेका हुन्छ्न । एक तथ्याङ्क अनुसार बितेको पाँच वर्षमा भीडको कुटाई बाट मारिने देश को रूपमा भारत  अग्रस्थान मा रहेको छ। यसमा पनि मुसलमान र दलित हरु सबै भन्दा बढी मारिएकाछन् । यस्ता  घटना हिंसा , अहंकार र छिमेकी प्रतिको सम्बन्ध ले भारत ओरालो लाग्न तथा जातिय तथा धार्मिक रूपमा टुक्रिन धेरै समय लाग्दैन ।

यस्तै प्रभाव नेपालमा पनि परेको छ। भनिन्छ नि अविकसित राष्ट्रहरूमा राष्ट्रवादको नारा धेरै बिक्छ । यही नेपाल मा पनि भयो नेपाली जनतामा रहेको भारत प्रतिको भावना लाई प्रयोग गर्दै वर्तमान प्रधानमन्त्री झण्डै दुई तिहाई बहुमत सहित सत्ता मा छन्। यहाँ राष्ट्रवादलाई व्यक्तिगत स्वार्थको रूपमा प्रयोग गरियो । अझ झन् वर्तमान सत्ता डगमगाउन लाग्दा भारत ले सत्ता परिवर्तन गर्न लागेको भन्ने आरोप पनि लगाए । नेपाली राजनीतिमा भारतको चलखेल हुँदैन भन्ने चाहिँ होइन इतिहास देखि नै यो कुरा हुँदै आयको छ तर आफू संकट मा पर्दा खेरी मात्र राष्ट्रवादी कुरा गर्दा व्यक्तिगत स्वार्थको लागि  राष्ट्रवादको झुटो नारा लगाएको देखिन्छ। झुटो राष्ट्र वाद ले राष्ट्र संकट मा पर्न सक्छ। हाल नेपाल मा क्षेत्रीयताको आधार मा जातीयता को आधार मा राजनीति तथा आन्दोलन चलिरहेको छ । यसले राष्ट्रप्रेम प्रति नराम्रो असर पुर्याउँछ जसले गर्दा देश खण्डीकरण तथा विभाजन को दिशा तिर पुग्छ । जसको कारण ले बाह्य शक्ति देश को राष्ट्रियता मा पूर्ण रूप मा हावी हुन सक्छ।

यसको अर्थ यो होइन कि नेपालमा कुनै पनि राष्ट्रप्रेमी थिए न भन्ने यसको उदाहरण हामी प्रस्तुत गर्ने हो भने राष्ट्रप्रेमी को ज्वलन्त उदहारण हुन जन नेता बिपी कोइराला उनको राष्ट्रप्रेमी भावना मा राष्ट्र भौगोलिक रूपमा एकीकरण भए पनि भावनात्मक रूपले एक भएको छैन् भन्ने धारणा राख्थे । उहाँ को राष्ट्र प्रति को प्रेम एक उच्च बिंदु मा थियो । मैले यहाँ बिपी को बारेमा सकारत्मक र केपी को बारेमा केही कटाक्ष लेखेको मा धेरै लाई लाग्न सक्छ सायद म नेपाली कांग्रेस प्रति आस्था राख्दछु । यहाँ कुनै पार्टी विशेष को कुरा गर्न मैले खोजेको होइन यहाँ कुरा हो राष्ट्रप्रेम को जुन केपी को बेचाऊ राष्ट्रवाद भन्दा बिपी को स्वच्छ राष्ट्र प्रेम को सिद्धान्त महान छ। 

विश्वमा राष्ट्रप्रेमी को आवाज नउठेको भने होइन तर यहाँ राष्ट्रप्रेमी भावनात्मक आवाज भन्दा उग्र राष्ट्रवादी नारा को बढी प्रभाव भयो । राष्ट्रियहित को लागि बोल्ने राष्ट्रप्रेमी लाई उग्र राष्ट्रवाद को जमात ले अनेकौं षडयन्त्र गरी देशद्रोही को मुद्घ लगाई बन्धी बनाइयो भने कैयौ की नरसंहार तथा हत्या गरियो । नेपाल मा नै यस्ता नरसंहार तथा हत्याकाण्ड  पिस्कर हत्या काण्ड टिम्बुर बोटे काण्ड जस्ता हत्या काण्ड को रूप मा परिचित छन् जुन चाहिँ राष्ट्रिय हित को लागि बोलेका युवा हरु को आवाज लाई बन्दुक को गोली ले पञ्चायती व्यवस्थाले दबाएको थियो। तर अब पनि राष्ट्रप्रेम भन्दा बढी उग्र राष्ट्रवाद हावि हुन्छ भने सर्वप्रथम नेपाल भन्ने देश को अस्थितो रहने छैन्। देश खण्डीकरण हुने छ रहेको भूभाग कुनै बाह्य शक्ति  ले कब्जा गर्ने छ त्यसैले अब यहाँ उग्र राष्ट्रवाद को भूमरी मा नफसी राष्ट्रप्रेमी भन्नु पर्छ अनि मात्र राष्ट्रको र जगत को हित हुने छ । अहंकार भन्दा ठूलो एकता विश्व बन्धुत्व र सम्मान हुने छ। शत्रुता त्यागी मित्रता र हिंसा त्यागी शान्ति हुनेछ।