धनगढीका मेयरको तीन वर्षः के के वाचा पूरा भए, के के भएनन् ?
2020/07/10, 7:58
 
mayer

सडकको दुवै किरानामा ठाउँ–ठाउँमा पानी जमेको छ । कतै त लेउ नै उम्रिसकेको छ । पानी जाने निकास नभएपछि कोरोना महामारी फैलिन नदिन सर्वसाधारणलाई निःशुल्क हात धुन व्यवस्था गरिएको ड्रम पनि छ । सडक बत्ती कुनै बल्छ कुनै बल्दैन । विद्युत पोल टेलिफोन, ईन्टरनेट, केबल तारको जालोले घेरिएका छन् । वरिपरि सार्वजनिक शौचालय र खानेपानी सुविधा पनि छैन । जथाभावी राखिएका होडिङ बोर्डले शहर नै कुरुप देखिएको छ । धनगढीका अस्तव्यस्त दृश्यका यी केही उदाहरण मात्र हुन् । यी बाहेक भित्ते लेखन, बिजुलीका पोलमा टाँसिएका पर्चा, पम्प्लेटले सहर नै कुरुप बनेको छ । अटो रिक्साहरुको अत्इाधिक संख्या र वढ्दो सवारीहरुको चापले सडक जाम पनि थपिदै गएको छ । जथाभावी सडकमा गर्ने पार्किङ रोक्न सकिएकोे छैन । 

स्थानीय निकायमा जनप्रतिनिधि आएपछि लथालिंग सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानीलाई स्मार्ट सिटीको रुपमा विकास गरिने प्रतिबद्धता जनाए । जनप्रतिनिधिले स्थानीय निकाय सम्हालेको पनि तीन वर्ष बढी बितिसक्यो । तर, सहरको सौन्दर्यता कायम गर्ने विषयमा खासै उपलब्धी भएको देखिँदैन । धनगढी उपमहानगरका मेयर नृपवहादुर ओडले चुनावमा जनाएका  प्रतिबद्धताका बुँदाहरु पनि कागजमै सीमित छन् । धनगढी उपमहानगरकी उपमेयर सुशिला मिश्र भट्ट भन्छिन्, ‘मेयर लगायत सम्पूर्ण जनप्रतिनिधिको प्रतिबद्धता कार्यान्वयन गर्न उपमहानगर योजनागत ढंगबाट लागिपरेको छ । कतिपय विषयमा काम अगाडी बढ्न नसकेको हुन सक्छ । तर, हरेक योजनाहरु प्रत्येक वर्ष नीति तथा कार्यक्रममा समावेश गरी कार्यान्वय गर्न बजेट विनियोजन गरेका छौं ।’

उनले अन्य नगरपालिकासँग समन्वय गर्नुपर्ने विषयमा जनप्रतिनिधिले जनाएका विभिन्न प्रतिवद्धता मध्ये धनगढीलाई ‘स्र्माट सिटी’ बनाउने सबभन्दा महत्वपूर्ण मानिन्छ । यसको प्रक्रिया सुरु गरेको तर स्मार्ट सिटी पाँच बर्षसम्म निर्माण गरि नसकिने मेयर ओड बताउँछन् । उनका अनुसार सवै वडाहरुमा अप्टिकल फाईवर विछ्याउने काम सुरु, चार वडा वाहेक स्वास्थ्य केन्द्र स्थापना, ल्यान्डफिल साईड निर्माणको अन्तिम चरणमा, अनलाईन सुचना प्रणाली एप आईएमएसको विकास गरि सकिएको, अनलाईन मार्फत राजश्व तिर्ने व्यवस्था, सिटी हल निर्माणको अन्तिम चरणमा, कोल्ड स्टोरको संरचना तयार, हाट बजार स्थापनाको तयारी, खेलकुद मैदान निर्माण सम्पन्न, सुचना प्रणाली विस्तारको काम सुरु, विद्यालयकै आफ्ना अप्टिकल फाईबर, वसपार्क, पार्क, फिटनेस सेन्टर, सार्वजनिक सौचालय, हेल्प डेस्क, सिसि क्यामेरा जडान, फ्रि वाइफाई जोन स्थापना लगायतका कामहरुलाई गति दिईएको छ । 

जनप्रतिनिधिले पदभार सम्हालेको लामो समय बितिसक्दा पनि ‘मासिक सुरक्षा भत्तामा थप गर्ने, पाटीपौवा निर्माण, केही वडामा हरियाली प्रवद्र्धन, सम्पदा क्षेत्रमा फ्री वाइफाई जोन’ जस्ता काम बाहेक अधिकांश महत्वाकांक्षी योजना प्रभावकारी ढंगबाट अगाडी बढेको छैन । यसले जनप्रतिनिधिको कामप्रति जनगुनासो बढ्न थालेको छ । 

के–के पूरा भए ?

  • वनमा विभिन्न किसिमका जडीबुटी खेती गर्न, समुदायलाई नै अग्रसर गराएर स्थानीय सरकारले नै जडिबुटी प्रशोधन केन्द्र स्थापना गरी स्थानीय समुदायको आय आर्जनमा वृद्धि विकास गरिनेछ ।
  • स्थानीय वातावरण हेरेर कुखुरापालन, बंगुर पालन, डेरी उद्योग, पुष्प व्यवसाय, उन्नत जातका पशुपालन, र माछापालन जस्ता व्यवसायमा अनुदानको व्यवस्था गरिनेछ । 
  • स्थानीय कृषि सहकारी संस्थाहरु मार्फत किसानलाई मलखाद, किटनाशक औषधी कृषि औजार बिउबिजन सहुलियत दरमा उपलब्ध गराईनेछ । 
  • धनगढीमा शित गृह कोल्ड स्टोरको स्थापना गरिनेछ ।
  • बगरखेती, बेमौसमी खेती, तरकारी खेती, सामुहिक खेतीजस्ता कृषि जन्यकार्यलाई प्राथमिकतामा राखेर बेरोजगार तथा गरिबीको रेखामुनि रहेका परिवारका सदस्यहरुलाई लक्षित गरी तालिम आर्थिक अनुदान, तथा बजार व्यवस्थापनको सहायता उपलब्ध गराईने छ । 
  • आवश्यकता अनुसार कृषि उत्पादन क्षेत्र घोषणा गरी आवश्यक पुर्वाधारको व्यवस्था गरिनेछ ।
  • बालविकास केन्द्रका शिक्षकहरुलाई आधारभुत तहको सेवा सुविधा उपलब्ध गराईनेछ । 
  • थारु समुदायमा देखिएको सिकलसेल एनिमियाको निशुल्क उपचार तथा रोग परिक्षण कार्य सेती अञ्चल अस्पतालमा भएको व्यवस्थालाई अझ प्रभावकारी बनाईनेछ । 
  • सामाजिक स्वास्थ्य विमा कार्यक्रमलाई घर घरमा पुगाउन बिशेष अभियान संचालन गरिनेछ । 
  • सार्वजनिक स्थलहरुमा वाईफाई फ्रि जोन स्थापना गरिनेछ । 
  • प्रत्येक वडामा विपन्न तथा असहाय समुदायका लागि सामुदायिक धारा निर्माण गरि निःशुल्क खानेपानीको व्यवस्था गरिनेछ । 
  • धनगढी शहरलाई स्वच्छ र सफा राख्न योजना विहिन नालीलाई विस्थापित गरि व्यवस्थित निकास सहितको ढल निर्माण गरिनेछ । 
  • छाडाचौपाया व्यवस्थापन गर्न सार्वजनिक तथा निजि साझेदारीमा व्यवस्थित गौशाला निर्माण गरिनेछ । 
  • धनगढी उपमहानगरपालिकामा रहेका सामुदायिक वनहरुलाई पिकनिक स्पोटका रुपमा विकास गरिनेछन ।
  • हाल संचालनमा रहेकाथारु होमस्टेलाई सरकारी अनुदान दिएर सुविधा सम्पन्न बनाउने तथा अन्य स्थानमा यसको विस्तार र विकास गरिनेछ । 
  • धनगढीमा बहुजातीय बहुसांस्कृतिक संग्रहालय निमार्ण गरिनेछ । सबै धर्म सम्प्रदाय र तिनसंग सम्बन्धित आध्यात्मिक केन्द्रको विकास तथा प्रवद्र्धन गरिनेछ । 
  • उपमहानगरपालिका क्षेत्रमा रिंगरोड, हुलाकी सडक संजाल र सहरी सघन सडकको यथासक्य निमार्णका लागि पहल गरिनेछ । 
  • प्रत्येक वडालाई जोड्ने पक्की भित्रि सडकहरु निमार्ण गरिनेछ । 
  • ट्राफिक व्यवस्थापनका लागि आवश्यक पर्ने सडकमा ट्राफिक संकेत निर्माण तथा सुरक्षाका लागि आवश्यक सिसि टिभि क्यामेरा जडान र सौर्य सडक बत्ती निर्माण गरिनेछ । 
  • प्रत्येक बर्ष मेयर कप तथा वडा स्तरीय खेलकुद प्रतियोगिता संचालन गरिनेछ । 
  • लोड सेडिङ न्युनिकरण गर्न धनगढी स्थित विद्युत स्टेशनमा नयाँ र उच्च क्षमताका ट्रान्सर्फमरहरु जडान तथा आवश्यक विद्युतको प्रवन्ध गरी धनगढी उपमहानगरपालिकालाई लोडसेडिङ मुक्त गरिनेछ । धनगढी नगरभित्र २५ किलोमिटर क्षेत्रमा अत्याधुनिक विद्युतिय उपकरण जडान गरि विद्युत सेवाको स्तरोन्नति गरिनेछ । 
  • उपमहानगरपालिकामा सार्वजनिक तथा निजि सामुदायिक साझेदारीमा ज्येष्ठ नागरिक केन्द्रहरु तथा वृद्धाश्रम निमार्ण गरिनेछन  
  • मुक्त कमैया वस्तीमा पक्की सडक, खानेपानी, विजुलीवत्ती, आधुनिक शिक्षा स्वास्थ्य सेवा र ढल निकासको उचित निर्माण गरिनेछ । 
  • थारु जातिको परम्परागत संस्कृति झल्किने कला बडघर, चिराकी, अघरिया, लवांगी पुजा, चिरई, भोजहर, माघि अष्टिमीकी, आईतवारी जस्ता बिशिष्ट पर्व तथा संस्कृतिको प्रचार प्रसार प्रकाशन, प्रबद्र्धन गरि कुनै एक मुख्य पर्वमा एक दिनको स्थानीय विदा दिईनेछ । 
  • स्थानिय सबै समुदायका भाषा, रितिरिवाज र चाडपर्व आदि संरक्षण गर्ने कार्यक्रम संचालन गरिनेछ । 
  • डंगौरा तथा रानाथारु समुदायको माघि, होली, घुरिया अटवारी, हरेरी पुजा धुरिया पुजा, चिरै भजहर, जन्माष्टमी, चिडिया माग्ने प्रथा भरुवा र थारु गीत संगीत र नृत्यलाई जगेर्ना गरिनेछ । 
  • गौरा, डेउडा, भुवा छलिया, होली र फाग तथा धमारी जस्ता सांस्कृतिक धरोहर संरक्षण गरिनेछ । 
 

कार्यान्वयनको चरणमा

  • उर्मालाई अत्याधुनिक शहरी गौरव गर्न लायक नमुना गाउँ बनाईनेछ । 
  • धनगढीमा निर्माण हुने हरेक संरचना अन्तराष्ट्रिय स्तरका निर्माण गरिनेछ । 
  • अत्याधुनिक सिटी हल निर्माण गरिनेछ । 
  • नालाबाट क्षति रोक्न तटबन्ध गरिनेछ । 
  • धनगढी उपमहानगरपालिकामा रहेका सामुदायिक, कबुलियती वन र धार्मिक वनमा स्थानिय समुदायको स्वामित्वको क्षेत्राधिकार बढाएर वैज्ञानिक वन व्यवस्थापन गरिनेछ । 
  • वडा तथा टोल वस्तीमा हरियाली क्षेत्र विस्तार गरी ग्रिन सिटी निर्माण गरिनेछ । 
  • धनगढी उपमहानगरपालिकाका किसानहरुको सुविधालाई दृष्टिगत गरी चटकपुर गेटा, कैलाली गाउँ, फुलवारी, उर्मा र क्याम्पसरोड तथा अन्य आवश्यक क्षेत्रमा व्यवस्थित कृषि हाट बजारको व्यवस्थापन गरिनेछ । 
  • पुस्तकालय, वाचनालय, समुदायिक सिकाई केन्द्र, वाल क्लव तथा वाल संजालको व्यवस्थापन गरिनेछ ।
  • धनगढी उपमहानगरपालिकामा भएका सामुदायिक विद्यालयलाई १० बर्षभित्र आधुनिक सुविधा सम्पन्न बनाउने र विद्यालयको सम्भाव्यता अध्ययन गरी डिप्लोमा तहको प्राविधिक शिक्षालय स्थापना गरिनेछ । 
  • धनगढी उपमहानगरनगरपालिकामा संचलनमा रहेका निजि तथा आवासिय विद्यालयहरुलाई सरकारी मापदण्ड अनुसार तयार गरी अनुमति प्रदान गरिनेछ । 
  • चार बर्षसम्मका वालवालिकाहरुलाई अनिवार्य विद्यालयमा भन्ने कार्यक्रम संचलन गरी विद्यार्थी भर्ना दरमा वृद्धि गरिनेछ ।
  • पाँच बर्षभित्र धनगढी उपमहानगरपालिकाका सबै नागरिकलाई स्वच्छ तथा शुद्ध खानेपानीको सुविधा उपलब्ध गराईनेछ । त्यसका लागि आवश्यकता अनुसार सवै वडामा भुमिगत जल ओभरहेड ट्याङकीहरु निमार्ण गरिनेछन । 
  • घरबाट निस्कने फोहरमैला संकलन गरी त्यसबाट मल तथा उर्जा उत्पादन गरिनेछ । 
  • धनगढी उपमहानगरपालिकामा रहेको दशरथ चन्द भिम उद्यान, जाखोरताल, तिल्केताल, कृष्ण वन वाटीका र मोहना नदिको कोरिडोर लगायत अन्य क्षेत्रलाई पर्यटकिय स्थलका रुपमा विकास गरिनेछ ।
  • शिवपुरी धाम, रामजानकी मन्दिर, बेहडाबाबा मन्दिर, नैनादेवी मन्दिर, शिवमन्दिर, भवानी मन्दिर, नवदुर्गा मन्दिर, वनदेवी मन्दिर र जगदम्बा निंगल माताको मन्दिर लगायत अन्य मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गरिनेछन । 
  • प्रत्येक वडामा रहेका सामुदायिक वनलाई सरकारी समुदायको साझेदारीमा खुला चिडियाखानाका रुपमा विकास गरिनेछन । 
  • आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न विमानस्थलको स्तरवृद्धि गरि ३००० मिटरको धावनमार्ग बनाएर अत्याधुनिक सुविधा सम्पन्न विमानस्थल निर्माण गरिनेछ । 
  • धनगढीका मुख्य सडकमा व्यवस्थित पार्किङ स्थलको निर्माण  गरिनेछ । 
  • धनगढी उपमहानगरपालिकामा रहेका कृषि जमिनमा सिचाईका लागि स्यालो टुयुबेल र डिप बोरिङ स्थापना गरि बारै महिना सिचाईको व्यवस्थापन गरिनेछ । जाली सिचाई, बेहडाबाबा सिचाई र जाखोरताल लगायतका क्षेत्रमा सिचाई आयोजनाको संभावयता अध्ययन गरिनेछ । शिवगंगामा सिचाई आयोजनाको तत्काल निर्माण गरि उर्माको केही भाग र फुलवारीलाई बर्षभरी सिँचाई हुने व्यवस्था गरिनेछ । 
  • लागू पदार्थ दुर्वयसनमा परेका युवा तथा वालवालीकाको उद्धार तथा पुर्नस्थापनाका लागि पुनस्थापना गृहको स्थापना गरिनेछ । 
  • धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय क्रिकेट मैदान तथा धनगढी रंगशालालाई राष्ट्रिय खेल मैदान निर्माण गरी फुलवारी जुगेडा, कैलाली गाउँ लगायतका क्षेत्रमा फुटबल, क्रिकेट बास्केटबल, पौडी खेल भलिवल तथा अन्य खेलका लागि रंगशाला निमार्णको संभाव्यता अध्ययन गरिनेछ । 
  • धनगढी उपमहानगरपालिका भित्र निर्माण हुने प्रत्येक सार्वजनिक भवन संरचना अपांगमैत्री बनाईनेछ । 
  • धनगढी उपमहानगरपालिका भित्र अपांगतामैत्री सार्वजनिक सौचालय निर्माण गरिनेछ । 
  • पहिले सुविधा अनि मात्र करको नितिलाई लागू गरिनेछ । 
  • उपमहानगरपालिकाको आर्थिक श्रोत साधनलाई पारदर्शी ढंगले व्यवस्थापन गरिनेछ । 
  • स्थानीय श्रोत साधनको अकिधतम परिचलानका लागि व्यवस्थित आधुनिक कर नीति अवलम्बन गरिनेछ । 
  • धनगढीको मोहना घाटमा अत्याधुनिक विद्युतीय शव दहन गृह निर्माण गरिनेछ र आवश्यक ठाउँमा व्यवस्थित शव दहघाटको निर्माण गरिनेछ । धनगढीको १, २, ३, ४ र ५ वडामा क्रियापुत्री घर निर्माण गरिनेछ ।   
के–के पूरा भएनन् ?

  • धनगढी उपमहानगरपालिकालाई स्मार्ट सिटी बनाईने
  • धनगढी उपमहानगरपालिकाको माटो परिक्षणका गरी उपयुक्त जग्गामा उपयुक्त बाली उत्पादन क्षेत्र घोषणा गरि कार्यान्वयन गरिनेछ । 
  • धनगढी शहरको विच बजारबाट बग्ने समृद्धिको प्रतिकका रुपमा रहेका नदी नालाहरुमा भएको प्रदुषण तथा अतिक्रमणलाई निरुत्साहित गरिनेछ ।
  • धनगढीमा ओपन जु को रुपमा विकास गरिने छ । 
  • २० जना कृषक समुह बराबर एक कृषि उद्यमी निर्माण  गरी स्थानीय तहले ५,००००० (पाँच लाख) बराबरको नगद तथा आधुनिक प्रविधिको सहयोग गरिनेछ । 
  • गौरीफन्टालाई अन्तराष्ट्रिय भन्सार नाकाका रुपमा विकसित गरी धनगढीलाई प्रदेश नम्बर ७ को प्रमुख शहरका रुपमा विकसित गरिनेछ । 
  • विभिन्न समयमा नाप नक्सा भएका तर जग्गाको स्वामित्व नपाएका जमिनको लालपुर्जा यथासिघ्र वितरण गरिनेछ । 
  • विभिन्न स्थानबाटबग्ने खुटिया, मोहना, सुकुटीनाला, कैलाली नाला, लगायतका खोलानाला किनारमा खुलापार्क, साईकल ट्रयाक निमार्ण गरिनेछ । 
  • उपमहानगरपालिकाका प्रत्येक वडामा एक जना कृषि प्राविधिक र एक जना पशु सेवा प्राविधिक रहने व्यवस्था गरिनेछ । 
  • कैलाली बुहुमुखी क्याम्पसलाई प्रदेश नम्बर ७ को सामुदायिक विश्वविद्यालय निमार्ण गर्न पहल गरिनेछ । 
  • अनौपचारिक शिक्षा कार्यक्रम अन्तर्गत मन्टेश्वरी विधिका वाल विकास केन्द्र प्रत्येक वडामा संचालन तथा व्यवस्थापन गरिनेछ । 
  • राहत शिक्षक दरवन्दीलाई सरकारी दरवन्दीमा परिणत गरिनेछ ।
  • धनगढी उपमहानगरपालिका क्षेत्रमा कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान संकायमा अध्ययनरत छात्राहरुमध्ये विशेष परिक्षा लिएर बर्षेनी मेयर छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० जना छात्रालाई जनही एउटा ल्यापटप उपलब्ध गराईनेछ । 
  • धनगढी उपमहानगरपालिकाका प्रत्येक वडामा एक÷एक वटा आधुनिक सुविधा सम्पन्न बिशेषज्ञ सेवा सहितको स्वास्थ्यचौकी स्थापना गरिनेछ । 
  • उपमहानगरपालिकाका सबै १९ वडामा एम्बुलेन्स सेवा संचालन गरिनेछ । 
  • धनगढी उपमहानगरपालिकामा रहेको सेती अञ्चल अस्पताललाई तीन सय सैयाको आधुनिक सुविधा सम्पन्न प्रदेश नम्बर ७ को प्रमुख अस्पतालको रुपमा विकास गरिनेछ । 
  • महिला स्वयंसेविकाहरुलाई उपमहानगरपालिकाबाट भत्तामा वृद्धि गरिनेछ । 
  • उर्मा र फुलवारीमा केन्द्र हुने गरी २५ सैयाको सुविधा सम्पन्न अस्पताल स्थापना गरिनेछ । 
  • विद्युतीय सञ्चार तथा छापाखाना प्रकाशन तथा प्रसारण गृहलाई वर्गीकरणका आधारमा अनुदान उपलव्ध गराईनेछ । 
  • प्रत्येक वडाका सार्वजनिक स्थानमा सार्वजनिक सौचालय र शहरी घुम्ती शौचालय तथा बाथरुम निर्माण गरिनेछ । 
  • अत्याधुनिक मेसिन राखेर धनगढी नगरका सबै सडक स्वच्छ र सफा राखिनेछ । 
  • मोहना भन्सार पुलभन्दा उत्तर पश्चिममा व्यवस्थित निर्माण गरी धनगढीदेखि फाप्ला मैदानसम्म जलाशययुक्त व्यवस्थित जलक्रिडा स्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गरिनेछ । 
  • धनगढी उपमहानगरपालिकामा प्रदेश नम्बर ७ को सूचना केन्द्र स्थापना गरिनेछ । 
  • धनगढीमा डल्फिन केन्द्र स्थापना गरिनेछ । 
  • नगरपालिकाको लगानीमा स्मार्ट नगर बस संचालन गरिनेछ । 
  • धनगढी उपमहानगरपालिका भित्र अत्याधिक टर्मिनल सहितको अन्तराष्ट्रिय स्तरको बसपार्क निर्माण गरिनेछ । 
  • धनगढी उपमहानगरपालिका भित्र सञ्चालित ई रिक्सा ट्याक्सीका लागि छुट्टै कानुनको निमार्ण पार्किङको व्यवस्था गरिनेछ । 
  • धनगढी उपमहानगरपालिकाभित्र फ्रि ईकनोमिक जोन स्थापना गरिनेछ । 
  • प्रत्येक वडाका प्रत्येक टोलमा पाँच जना युवा बराबर एक उद्यमसिल समुह निर्माण गरि पाँच लाख बराबरको व्याज रहित पाँच बर्षमा फिर्ता हुनुपर्ने सर्तमा आर्थिक सहायत उपलब्ध गराउन रोजगार कोषको व्यवस्था गरिनेछ । 
  • वैदशिक रोजगारीबाट सीप तथा प्रविधि सिकेर आएका युवालाई सहुलियत दरमा ऋण उपलब्ध गराएर उद्यमशिलतातर्फ आकर्षण गराईनेछ । 
  • धनगढी उपमहानगरपालिका भित्र एक खेलग्राम निर्माण गरिनेछ । फुलवारीलाई एक उपमहानगरपालिकाको ग्रामीण शैलीको सुविधा सम्पन्न नमुना स्र्पाेट्स भिलेज स्थापना गरिनेछ । 
  • हेलो छोरी नामक ईन्टरनेट एप निर्माण गरेर महिला हिंसा लगायतका महिलासंग सरोकार राख्ने बिषयबस्तुको तत्काल समाधानको व्यवस्था गरिनेछ । 
  • कुपोषित वालवालिका तथा सुत्केरी महिलाका लागि पोषण कार्यक्रम ल्याईनेछ भने हाल स्थानिय निकायबाट ५ बर्ष मुनिका वालवालिकालाई दिईने मासिक भत्ता बृद्धि ५ सयको व्यवस्था गरिनेछ । 
  • ज्येष्ठ नागरीकहरुलाई हाल प्रदान हुदै आएको हालको सामाजिक सुरक्षा भत्तामा यथोचित वृद्धि गरी सहज ढंगले वितरणको व्यवस्था मिलाईनेछ । 
  • दलित समुदायको परम्परागत पेशाको संरक्षण, आधुनिकिकरण तथा व्यवसायीकरण गरी आयआर्जन वृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ । 
  • दलित समुदायका वस्तीहरुलाई व्यवस्थित वस्तीको रुपमा विकास गर्न आवास निर्माण सम्बन्धी कार्यक्रम बनाईनेछ । 
  • थारु समुदायकका युवाहरुलाई नागरिकता प्रमाणपत्र जमानत राखेर एक लाख रुपैयासम्म निव्याजी मेयर स्वरोजगार कार्यक्रम अन्तर्गत आर्थिक सहयोग उपलब्ध गराईनेछ । 
  • गरिबको रेखामुनि रहेका समुदायको पहिचान गरी क र ख वर्गको गरिबि परिचयपत्र वितरण गरेर दैनिक उपभोग्य वस्तुमा सहुलियतको व्यवस्था गरिनेछ । 
  • राना थारु डंगौरा थारु, कठरिया, डोटेली र यसका उपभाषिकाको संरक्षण र स्थानीय कामकाज तथा पाठ्यक्रमको माध्यम भाषाको रुपमा विकास गरिनेछ । 
  • अपांगता भएका व्यक्तीको वर्गिकरणका आधारमा हाल उपलब्ध गराउदै आएको भत्तामा उलेख्य वृद्धि गरिनेछ । 
  • घरधनी र व्यवसायीहरुको घरभाडा सम्बन्धी समस्यालाई समाधान गर्न दुवै पक्षलाई लाभान्वित हुने गरि घरबहाल कर निति लागू गरिनेछ । 
 

किन काम भएन ?

  • निति तथा कार्यक्रम कार्यान्वयनभन्दा पनि आफ्ना मतदातालाई रिझाउन बजेट विनियोजनमा व्यस्त
  • एकापसमा समन्वयको अभाव
  • अनावश्यक कार्यक्रममा व्यस्त
  • जनसमर्थन जुटाउन नसक्नु
  • प्रतिवद्धतामा ध्यान नदिनु