
डोटीको साजघाटकी ४३ वर्षीया उत्तरा बोगटीको पाठेघरको जटील शल्यक्रिया गरिएको छ। पाठेघरमा आन्द्रा, अण्डाषय र पिसावथैली टासीएर समस्यामा परेकी उनको धनगढी स्थित निसर्ग अस्पतालमा शल्यक्रिया गरिएको हो।

धनगढीका अन्य अस्पतालहरुमा पनि धाएकी बोगटीले अन्त्यमा निसर्गमा उपचार हुने कुरा थाहा पाएपछि त्यहाँ पुगेकी थिइन। धनगढीमै अप्रेसन हुने हुँदा टाढा जानुपर्ने आवश्यकता नभएको र अत्यत्र जाने आउने पैसाको बचत भएको बोगटीले बताइन।
सल्यक्रियापछि बिरामीको अबस्था सामान्य रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तीर्थ पन्तले बताए। निसर्ग अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर नजमुस्सबा अन्सारी, एनेस्थेसियोलोजिस्ट डा. हेमन्त ओझा, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. मिराज आलम अन्सारी लगायतको टिमले बोगटीको सफल सल्यक्रिया गरेको हो।

2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/04/08, 1:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/22, 11:28
2021/12/23, 11:09