सीताराम ओझा- धिरेन्द्र सावद, सुदुरपश्चिमको खेलकुद क्षेत्रमा विशेष गरी क्रिकेटमा सुनिएको नाम हो । सुदुरपश्चिममा पछिल्लो एक दशकदेखि उनी क्रिकेटको विकासमा समर्पित भए । सक्रियताको सक्रियता घटेको छैन उनको तर पनि उनले सेवागर्नका लागि नयाँ क्षेत्रमा अग्रसर भएका छन् । सुदुरपश्चिम फाउण्डेसनको महासचिव भएर विभिन्न सामाजिक काममा लागेका उनलाई फुर्सद भएको र घरमा वसेको एक महिना जति हुन लागेको छ । गएको जेठ महिनाको दिन त्रिनगर सीमा नाका र रात धनगढी रंगशालामा वितेको थियो । कारण कोरोना महामारीका कारण भारतबाट फर्किएकाहरुलाई सुदुरपश्चिम प्रदेश सरकारले खाना खुवाउने जिम्मेवारी सुदुरपश्चिम फाउण्डेसनलाई दिएपछि उनी घर फर्किने नेपालीहरुलाई खाना खुवाउन व्यस्त भए ।
धनगढी रंगशालामा खाना पकाउने त्रिनगर सीमा नाका पुगेर खाना खुवाउने फेरि राति रंगशालामा बनाईएको अस्थायी टेन्टमा रात काटेर उनको दैनिकी एक महिनासम्म जारी रह्यो । भारतबाट आउने नेपालीहरु घटेपछिउनी लगायत उनको टीमले घर जान पाए । कोरोना परिक्षण गरे क्वारेन्टिनमा धनगढी रंगशालामा वसेपछि उनी लगायत युवाहरुका लागि घरको ढोका खुल्यो । एक महिनाको अवधि उनले कतिको भोक मेटाए । कतिको प्यास मेटाए । जन्मेका बच्चाहरुलाई वृद्धसम्मलाई खाना खुवाउन पाउँदा उनी निकै खुशी भएका थिए । फेशवुकमा एक बालिकालाई आफुले खाना दिईरहेको तस्वीर राख्दै उनले लेखेका थिए संसारकै सवैभन्दा खुशी पाएको क्षण ।
लामो समयदेखि क्रिकेटका गतिविधि नभएको अवस्थामा उनले आफ्नो तर्फबाट हुने सहयोग त गर्दै आएका थिए सँगै उनले क्रिकेट सेक्टरबाट स्वास्थ्य क्षेत्रमा पाईला चालेको पनि एक बर्ष हुन थालेको छ । वुबाले गर्दै आएको निर्माणको काम, आफु लागिरहेको क्रिकेटको विकासमा अनि पछिल्लो सयम फेरिएको परिचय माया मेट्रो अस्पतालका अध्यक्ष । स्वास्थ्य क्षेत्रमा आबद्ध हुन थालेपछि उनको परिचयको दायरा फराकिलो भएको छ । उनी अव स्वास्थ्य क्षेत्रमा अग्रसर भएर लागेका छन् । तिनै धिरेन्द्र सावदले धर्तीमा पाईला टेकेको दिन असार २९ गते । आफ्नो जन्मदिनको अवसरमा पनि सामाजिक कामलाई नै महत्व दिएर जन्मदिन मनाएका छन् उनले । उनी स्वास्थ्य क्षेत्रमा लाग्नुको पनि वेग्लै कथा छ ।
ठुली आमाको क्यान्सरले मृत्यु भएपछि उपचार नपाएर मर्नुपर्ने अवस्था नआओस भनेर सोच्थे उनी । आमाको उपचारका लागि उनी र उनको परिवारले भारतका कुनै शहर बाँकी राखेनन् । कयौ रातहरु अस्पतालहरुमा विताए । उपचारमा लाखौं रुपैयाँ खर्च भईरहेकै थियो । त्यहाँ पाउने दुःखहरुको वयान गरेरै साध्य छैन् । त्यही भोगाईले उनलाई गहिरो छाप पारेको थियो । आफ्ना नजिकका नातेदार दाईले स्वास्थ्य क्षेत्रमा नै लाग्नका लागि एमवीवीएस गरे । त्यसपछि वालरोगमा एमडी गरेर विशेषज्ञता हासिल गरे । केही समय विपी कोईराला स्वास्थ्य विज्ञान प्रष्ठिान धरानमा काम गरेपछि उनका ती दाई डाक्टर मोहन सावद धनगढी फर्किए । धनगढीको एक मेडिकलमा वसेर विरामीहरु हेरिरहेका वेला नै धिरेन्द्रले दाईलाई मनको ईच्छा राखे । उनका दाई तत्काल राजी भए । सँगै पढेका ।
सँगै काम गरेका विशेषज्ञ डाक्टरहरुलाई सम्पर्क गरे । सवै जना मिलेर सुदुरपश्चिममा स्वास्थ्य सेवा लागौं । धरानमा काम गरिरहेका धेरै जना सुदुरपश्चिमका पनि थिए । उताबाट सुरुमा कोही तयार भएनन् । तर पछि गरौ न भन्ने अवाफ आयो । त्यही वाणीका कारण धनगढीमा सुविधा सम्पन्न अस्पताल स्थापनाका लागि त्यसतर्फ लागे धिरेन्द्र । उनी एक्लै नभएर दाई मोहन र ज्वाई टेकवहादुर वोगटी गरी तीन जना मिलेर सुविधा सम्पन्न अस्पताल खुल्ने योजना अगाडी वढ्यो ।
अस्पतालका संरचना बनाउन सजिलो थियो तर विशेषज्ञ डाक्टरहरुलाई धनगढीमा ल्याउन गाहे थियो उनलाई । धेरै डाक्टरहरुको घर सुदुरपश्चिम आएपछि के हुने हो भन्ने अन्यौलमा थिए । धिरेन्द्रले भने यता धनगढीको चटकपुर अस्पतालको काम थाली सकेका थिए । डाक्टरहरु आउछौं भनेर शत प्रतिशत ग्यारेन्टी दिएका थिएनन् । उनी डाक्टरहरुलाई दैनिक प्रगति फोटो खिच्दै पठाउँदै गए । डाक्टहरुको सल्लाह अनुसारका मापदण्डहरु बनाउँदै लगे । संरचना निर्माणले गति लिदै गएपछि डाक्टरहरु पनि विश्वस्त बन्दै गए ।
झण्डै एक बर्षसम्म विश्वस्त हुन नसकेका डाक्टरहरु अस्पताल बनेपछि आउन तयार भए । तर यहाँ भविष्य के हुने हो भन्ने कुराले उनीहरुलाई पिरोलिरहेको थियो । धरानमा पाईरहेको सेवा सुविधा गुम्ने हो की भन्ने चिन्ता एकातिर थियो भने धनगढी आएर के पो हुने हो भन्ने पीर अर्कोतिर थियो । उनीहरु अस्पतालमा आए तर तीन महिनाको विदा दिएर । धेरै जनाले राजीनामा पनि दिएका थिएनन् । अघिल्लो बर्षको भदौ १५ गते अस्पतालले सेवा सुरु गर्यो । सुरुका दिनमा अस्पताल प्रायः खाली जस्तै हुन्थो । दिनमा दश वाह् जना विरामीहरु मात्रै आउँथे । यसले बल्ल बल्ल धनगढी ल्याईएका डाक्टर फर्किन्छन की भन्ने चिन्ताले धिरेन्द्रको ढुकढुकी निकै वढेको थियो ।
यो स्थिति ६ महिनासम्म मात्रै रह्यो । त्यसपछि स्थिति फेरियो । अस्पतालले गति लियो । उपचारका लागि भारत जानुपर्ने वा देशका स्थानहरुमा जानुपर्ने स्थितिको अन्त्य भयो । सेवाग्राहीहरुले माया मेटोलाई माया गर्न थाले । माउथ टु माउथ प्रचार हुन थाल्यो । एक बर्ष पुग्न लाग्दा अस्पतालले नयाँ उचाई बनाईसकेको छ । त्यसले अचेल धिरेन्द्रको टाउको दुखाई कम भएको छ । विशेषज्ञ डाक्टरहरुले धरानबाट राजीनामा दिएका छन् । सधैंका लागि धनगढीमै सेवा दिन्छौं भनेर लागिरहेको देख्दा आफुले गरेको धर्यताले नतिजा दिएको खुशी छन् उनी । आजको दिनमा दश वाह् जना विरामीहरुको संख्या वढेर डेढ दुई सय पुगेको छ । दिनमा सात आठ वटा जटिल प्रकृतिका अप्रेशनहरु भईरहेका छन् । अस्पतालमा सेवा दिन आएका डाक्टरहरु पनि अहिले अस्पतालकै सेयर सदस्य बनेका छन् । त्यहाँ डाक्टरहरुको अर्को विशेषता भनेको के हो भने उनीहरु वाहिर कतै क्लिनिक तथा मेडिकलमा विरामी चेकजाँच गर्न पाईदैन् । उनीहरु पुरै समयमा अस्पतालमै ड्युटी गर्ने गरेका छन् ।
सुरुमा विरामीहरुको विश्वास जित्नुपर्ने चुनौती थियो माया मेट्रो हस्पिटललाई । त्यसलाई पार गर्न एक बर्ष पनि समय नलागेपछि सावद अव अस्पतालमा थप सुविधा थप्ने तयारीमा लागिरहेका छन् । झण्डै १५ करोड लगानी गरिएको अस्पतालले सुविधा सम्पन्न सिटी स्क्यान सेवा पनि केही महिना अघि नै सुरु गरिसकेको छ । अस्पतालमा बालरोग सेवा, नाक कान घाँटी सेवा, जनरल सर्जरी सेवा, हाडजोर्नी तथा नसा रोग सेवा, दन्त रोग सेवा, जनरल फिजिसियन सेवा, अल्ट्रासाउण्ड सेवा, ईसिजी सेवा, सिस्टी फोर स्लाईस सिटी स्क्यान सेवा लगायत थुप्रै सेवाहरु दिदै आएको छ । आधुनिक चिकित्सा सेवाहरु दिईरहेको अस्पतालले निकट भविष्यमै थप सेवा विस्तारको तयारी थालेको छ ।
अस्पतालमा सवैभन्दा पहिले न्युरो सेवा थप्न लागिरहेका छन् । त्यसका लागि उनको प्रयास जारी छ । त्यसपछि एमआरआई ल्याउने योजना छ उनको । अहिले धेरै अस्पतालहरु धनगढीमा खुलेका छन् । यसले निजि अस्पतालहरुबीचमा प्रतिस्पर्धा वढेका वेला उनी अस्पताल खुल्नुलाई भने सकारात्म ठान्छन् । धनगढी मेडिकल हवको रुपमा विकास भईरहेको अवस्थामा निजि अस्पतालहरु खुल्दा उपचारका लागि भारत जानेहरुलाई यति रोक्न सकिने उनको तर्क छ । अहिले पनि धनगढीमा कम खर्चमा हुने उपचारका लागि भारत जानेहरुलाई रोक्न नसकिएको अवस्थामा अस्पतालहरुको संख्या थपेमा त्यसले स्वास्थ्य क्षेत्रलाई नै फाईदा पुग्ने उनको विश्वास छ ।
आफुहरुले गुणस्तरीय सेवा दिने हो विरामीहरुले छान्ने मौका पाउँछन् जहाँ राम्रो सेवा पाए त्यति जान्छन भन्ने कुरामा ढुक्क छ उनी । त्यसैले सरकारीभन्दा केही महँगो भएपनि अन्यत्रको भन्दा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा दिन तत्परताका साथ लागिरहेका छन् सावद । उनी निजि अस्पतालहरुको संस्था अफिम सुदुरपश्चिमको कोषाध्यक्ष समेत रहेका छन् ।
स्वास्थ्य क्षेत्रमा सेवा दिईरहेका धिरेन्द्र सावदको क्रिकेट प्रतिको लगाव पनि उत्तिक्कै छ । नेपाली क्रिकेटलाई व्यवसायीकरणको वाटोमा डोर्याउने धनगढी प्रिमियर लिगका सुत्रधार मध्येका एक हुन् उनी । उनीसँगै महेश शाह पनि धनगढी प्रिमियर लिगको सुरुवातकर्ता भए पनि उनीहरु सधैं नेपथ्यमै रहे । सुवाश शाही मात्रै जहिले पनि अगाडी देखिए । जहाँ त्यही छाए । अहिले पनि सुवाशसँगै उनले मिलेर धनगढी क्रिकेट एकेडेमी सञ्चालन गरिरहेका छन् । एकेडेमीबाट उमेर समुहका धेरै खेलाडीहरु पनि जन्मिएका छन् । यसभन्दा अघि उनी दुई कार्यकाल नेपाल क्रिकेट संघको केन्द्रिय सदस्य भएका थिए । पहिलो कार्यकालमा चार बर्ष र दोस्रो कार्यकाल भने ६ महिनाको थियो । उनले त्यो वेला सुदुरपश्चिम प्रदेशका लागि गरेका कामहरु प्रशंसनीय छ ।
क्रिकेटको राष्ट्रिय प्रतियोगिताका लागि सुरुमा सुदुरपश्चिममा क्षेत्र नम्बर ६ वैतडी मात्रै थियो । त्यसपछि क्षेत्र नम्बर ९ धनगढी पनि बन्यो । अहिले आएर भने प्रदेश अनुसारको टीम बनाउने गरिएको छ । त्यो वेला सवै जिल्लाका खेलाडीहरुले क्षेत्रीय छनोट प्रतियोगिता खेलेपछि क्षेत्र नम्बर ६ र क्षेत्र नम्बर ९ को टीम बन्थ्यो । टीम बनाउनका लागि खेलाडीहरुको प्रदर्शनभन्दा पनि जिल्लाहरुको कोटा अनुसार छनोट हुन्थे भने त्यसमा पनि सधैं एउटै अनुहारहरु छनोट हुन्थे । राष्ट्रिय प्रतियोगितामा उनीहरुको प्रदर्शन सधैं निराशाजनक नै हुन्थ्यो । तर यो कुरा धिरेन्द्रलाई मन परेको थिएन् । उनी कोटा सिष्टम हटाउनु पर्छ भन्थे । पुराना खेलाडीहरुको सट्टा नयाँ युवा खेलाडीहरुलाई मौका दिनुपर्छ भन्ने सोच थियो उनको । उनले त्यस युवा प्रतिभाहरु देखिसकेका थिए ।
त्यो वेला हाल राष्ट्रिय टीमका सदस्य रहेका ललीत सिंह भण्डारी, दिपेन्द्र ऐरी, भीम सार्की, राजु रिजाल, सुनिल धमला लगायतका प्रतिभाहरुलाई मौका दिईएकै कारण आज सावदको निर्णयकै कारण राष्ट्रिय टीममा स्थान बनाउन सफल भएका छन्् । उनले लडेर जिल्लाको कोटा सिष्टम हटाउन लागेका थिए । जस कारण कति जनाहरु आजसम्म पनि उनलाई रुचाउँदैनन् । कोही मुख समेत वोल्दैनन् । राजु रिजाल र सुनिल धमालाले नेपाली टीममा मौका पाउनुमा पनि धिरेन्द्रकै हात छ ।
राजु रिजाल मुम्बई बस्थे । उतै क्रिकेट खेल्थे । धनगढीमा क्षेत्रीय छनोट हुदै छ भने उनी अधिकांश भारतमै वस्दै आएका अछामका साथीहरु ल्याएर खेल्न आए । उनको खेलले धेरैलाई प्रभावित पार्यो । त्यसपछि राजुलाई उनले नेपालमै बस्न सुझाव दिए । उनी यतै बसे क्रिकेट खेले । उनलाई आवश्यक पर्दा सवै काममा धिरेन्द्रले नै सहयोग गर्थे । उनको नेपाली नागरिकता पनि बनेको थिएन् । त्यो बनाउन पनि सावदले सहयोग गरे । राजुलाई नेपाली क्रिकेटमा स्थापित गराउन पाएकोमा गौरान्वित हुन्छन् सावद । तिनै राजुले विश्वकप खेलेको १९ बर्ष मुनिको नेपाली टीमको नेतृत्व समेत गरिसकेका छन् ।
उनले सहयोग गरेका अर्का खेलाडी हुन सुनिल धमाला । उनी पनि भारतबाट नै क्रिकेट खेल्न आएका थिए । तर कैलालीको टीम पुरा भईसकेको थियो । त्यसपछि उनलाई डोटीबाट खेलाईयो । सुरुकै खेलमा आक्रमक र धुवादार पारी खेलेपछि उनी राष्टिय प्रतियोगिताका लागि छनोट भए । त्यहाँ पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो । पहिलो राष्ट्रिय प्रतियोगितामा दशक हानेपछि उनी धेरैको आँखामा परे । लगत्तै अन्तराष्ट्रिय प्रतियोगिताको लागि नेपाली टीमको छनोट थियो । नाम घोषणा गर्नुअघि छनोट समितिले नाम छनोट गरेको जानकारी दियो । त्यसमा सुनिलको नाम नदेखेपछि धिरेन्द्र अचम्ममा परे ।
उनले प्रश्न उठाए शतक हान्ने खेलाडी किन छनोटमा परेनन् । जवाफ पाए पासपोर्ट नभएर लगत्तै उनी आफै सुनिलको पाटपोर्ट बनाउन लागे । नभन्दै एक दिनमै उनी सुनिलको पासपोर्ट बनाउन सफल भए । क्यानलाई भने । उनको नाम नेपाली टीममा घोषणा भयो । पहिलो अन्तराष्ट्रिय सहभागीतामा उनको प्रदर्शन राम्रै रह्यो । त्यस दिनपछि सुनिलका दिनहरु सुनौलाबनेका छन् । उनले पछाडी फर्केर हेर्नु परेको छैन् । त्यसको श्रय पनि धिरेन्द्रलाई नै जान्छ । उनले खेलाडीको सेवा सुविधाका लागि पनि आवाज उठाए । आज खेलाडीहरुको बर्गिकरण गरेर सरकारले मासिक तलब दिदैं आएको छ । सावदले प्रदेशका केही स्थानहरुमा क्रिकेट मैदान बनाउने सोच बनाएका थिए । उनको त्यो ईच्छा भने अझैसम्म पनि पुरा भएको छैन् । अछाममा उनी क्रिकेट मैदान निर्माणको काम भने गरि नै रहेका छन् ।
फाप्लाका लागि आफ्नो कार्यकालमा पनि धेरै प्रयास गरेका थिए उनले । तर आज फाप्ला अलपत्र देख्दा उनी निराश छ । नेपाली क्रिकेटमा सुदुरपश्चिमको प्रतिनिधित्व वलियो छ । युवा पुस्ताहरुले राम्रो प्रदर्शन गरिरहेकोले नयाँ पुस्ताबाट निकै आशावादी छन् उनी । क्रिकेटको सर्वोच्च निकाय क्यानमा रहेका वेला उनलाई नेपाली टीमको व्यस्थापक बनाईएको क्षणलाई उनी कहिल्यै विर्सिदैनन् । कुवेतमा भएको एसिया कप विजेता बन्न नसकेपछि मलेसियामा भएको ग्लोवल क्वालिफायरमा च्याम्पीयन बन्दै नेपालले १९ बर्ष मुनिको विश्वकप खेल्ने मौका पाएको थियो । त्यही टीमको व्यवस्थापक भएर गएका थिए । कुवेतको एसिया कप र उनकै व्यवस्थापनमा मलेसियामा १९ बर्ष मुनिको विश्वकप खेल्नका लागि छनोट गराएका थिए । त्यो टीमको नेतृत्व राजु रिजाल जसलाई नेपाली क्रिकेटको ढोका खोलाएका थिए उनले गरेका थिए । विश्वकप खेल्ने टोली लगेर मलेसिया गएका थिए उनी । त्यसैलाई क्रिकेटमा लागेर पाएको ठुलो उपलब्धी मान्छन् उनी ।
पहिलो पटक १९ बर्ष मुनिको टीम व्यवस्थापक भएर जाँदा उनीसँगै सुदुरपश्चिमका खेलाडीहरुको वाहुल्यता रहेको थियो । राजु रिजाल, सुनिल धमाला, दिपेन्द्र सिंह ऐरी, योगेन्द्र सिंह कार्की, अर्जुन चापागाई, प्रेम तामाङ र आशिष धामी सुदुरपश्चिमकै थिए । सुदुरपश्चिममा सुदुरपश्चिमाञ्चल विकास क्षेत्रका खेलाडीहरुले राष्टिय प्रतियोगितामा सहभागीताका लागि क्षेत्र नम्बर ५ नेपालगंजबाट खेल्नुपथ्र्यो । जस कारण यसक्षेत्रका धेरै खेलाडी राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रतिभा देखाउनका लागि अवस नपाउने अवस्था थियो । त्यहाँबाट खेल्दा धनगढीका प्रेम चौधरी मात्रै सुदुरपश्चिमबाट पर्दै आएका थिए । पछि क्षेत्र नम्बर ६ वैतडी बनाईएपछि यसक्षेत्रका खेलाडीहरुले विगतभन्दा राम्रो मौका पाए । तर यो पनि पर्याप्त थिएन् । त्यसपछि देशभर थप तीन क्षेत्रहरु थप्ने निर्णय नेपाल क्रिकेट संघले गरेपछि क्षेत्र नम्बर ९ धनगढी र महेन्द्रनगर भनेर निकै समयसम्म विवाद समेत चल्यो । तर यसमा धिरेन्द्रले समन्वयारी भुमिका खेल्दै विवाद सुल्झाएर क्षेत्र नम्बर ९ धनगढी बनाईयो ।
कैलाली कञ्चनपुर सहितका जिल्ला समेटेर बनाईएको पुरुष टीम त त्यसवेलासम्म बलियो भईसकेको थियो । किनकी कैलाली र विशेष गरी कञ्चनपुरका केही खेलाडीहरु अन्तराष्टिय टीममा पर्न थालिसकेका थिए । तर समस्या महिला खेलाडीहरु थियो । यसका लागि कसरी अगाडी बढ्ने भन्नेमा उनले नयाँ योजना बनाए स्कुल स्कुलमा गएर छात्राहरु खोजेर महिला क्रिकेट खेलाडी तयार पार्ने । त्यसका लागि अन्तराष्ट्रिय महिला खेलाडी जानकारी भट्टलाई धनगढी बोलाए । धनगढीको त्रिनगर माविमा विभिन्न स्कुलमा पढ्ने छात्राहरु खोजेर आवश्यक सवै सामान व्यक्तीगत रुपमा दिएर उनले सहयोग गरे । त्यसको नतिजा आउँदा धिरेन्द्र औधी खुशी भए ।
कारण थियो त्यहाँ क्रिकेट सिकाईएका धेरै महिला खेलाडीले अहिले राष्ट्रिय तथा अन्तरष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे । उदाहरणका लागि तिनै मध्येकी एक हुन् कविता कुँवर । आज त्यहीबाट कवितालाई नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा पर्दा खुशी छन् उनी । यसबाट उनले नयाँ पाठ पनि सिके । गाउँ गाउँमा प्रतिभाहरु छन् वस उनीहरुलाई अवसरको व्यवस्था मिलाई दिनुपर्छ । त्यसको महोल बनाएर प्रतियोगिताहरु गर्नुपर्ने सोच राख्छन् उनी । त्यी सोचलाई साकार पार्नका लागि उनले जन्मस्थान अछाममा दुई वटा सिमेन्टेड क्रिकेट पिच जली सहितको अभ्यास एकेडेमी बनाई दिएका छन् । अछामको टीमले धनगढी खेल्दा आउँदा खाने वस्ने मात्रै होईन डेस समेत उनी नै बनाई दिन्थे ।
हुन त क्रिकेटमा लगानी गर्न उत्साहित धिरेन्द्र सानै देखि क्रिकेटको सौखिन थिए । उनले आफुले जिल्ला स्तरीय र क्षेत्रीय प्रतियोगितासम्म मात्रै सहभागीता जनाए पनि घर परिवारले गाली गर्दा पनि उनी क्रिकेटकै पछि लाग्थ्ये । पढाईभन्दा क्रिकेटमा वढी रुचि, भारत मन पर्ने टीम । भारतले खेलेका कुनै पनि एक दिवसीय खेल छुटाउँदैनथे उनी । घरको गाली खाई खाई क्रिकेट खेल्थे उनी । घरको छतमा होस् की घरको वरण्डामा मोजाको बल बनाएर क्रिकेट खेलेको स्मरण अझै उनको मष्तिस्कमा छ । सुदुरपश्चिमका पहिलो अन्तराष्ट्रिय खेलाडी प्रेम चौधरीका मिल्ने साथी घर पनि सँगै थियो उनको । सानो उमेरदेखि उनीहरु दुबै जना सँगै क्रिकेट खेल्थे ।
आजको दिनमा क्रिकेटको कुरा आउँदा धिरेन्द्र प्रेमलाई कहिल्यै विर्सिन सक्दैनन् । प्रेम अन्तराष्ट्रिय खेलाडी भए उनी क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघसम्म पुगेर क्रिकेटको विकासमा अग्रसर भए । दुई जना बीच एउटा मात्रै फरक छ । प्रेम विदेश गए धिरेन्द्रले क्रिकेटसँगै आफ्नै ठाउँमा सम्भावना खोजे । बाल्यकालसँगै हुर्केका दुबै जना उच्च शिक्षाका लागि काठमाण्डौंमा बस्दा पनि एकै कोठामा बसे । त्यहाँ पनि फरक कलेज मात्रै थियो । प्रेम ह्वाईट हाउस पढ्थे भने धिरेन्द्र भिएस निकेतन । त्यहीदेखि उनको क्रिकेट प्रतिको लगाव अझ बढ्यो । धेरै खेलाडीहरुसँग चिनजानको मौका मिल्यो । जस कारण आजको दिनसम्म पनि धिरेन्द्र सावदले क्रिकेटमा आफ्नो स्थान बनाईराखेका छन् । उनी बंगलादेशमा नै भएको टी २० विश्वकप हेर्न पनि पुगेका थिए । जुन विश्वकपमा नेपालले पनि सहभागीता जनाएको थियो ।
क्यानमा बस्दा उनले धेरै लगानी गरेका छन् । जिल्ला प्रतियोगिताका लागि १० हजार र क्षेत्रीय प्रतियोगिताका लागि २५ हजार नगद दिने गरेको छ । त्यो रकम सधैं हात्तीको मुखमा जिरा जस्तै हुने गरेको छ । एउटा प्रतियोगिता सम्पन्न गर्न ५० हजारदेखि एक लाखसम्म खर्च हुने गरेको छ । त्यो अपुग रकम कति पटक उनले आफ्नै खल्तीबाट तिरेका छन् । उनले गरेको योगदानको कदर अघिल्लो बर्ष भएको क्यानको चुनावबाट पनि प्रष्ट हुन्छ । उनी पराजित विनयराज पाण्डेयको प्यानलबाट कनको निर्वाचनमा लागेका उनी सवैभन्दा वढी मत ल्याउनेमा पर्छन् । भलै उनले निर्वाचनमा दुई मतको हार व्यहोरे । तर उनले बर्षौदेखि नेपाली क्रिकेटमा राज गरिरहेका विनयराज पाण्डेयभन्दा दोब्बर मत ल्याएका थिए । धिरेन्द्र अहिले पनि क्रिकेटको विकास लागि लागिरहेका छन् । क्रिकेटमा लगानी पनि गरेर सहयोग गर्दै आएका छन् । अहिले पनि उनी अछाम जिल्ला क्रिकेट संघको उपाध्यक्ष रहेका छन् । खेलकुद भनेपछि हुरुक्कै हुने उनी खेलकुदका हरेक कार्यक्रममा सहयोगका लागि सधैं तत्पर रहन्छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले पहिलो पटक सुदुरपश्चिममा आयोजना गरेको सुदुरपश्चिम स्पोर्टस अवार्डलाई पनि माया मेटो हस्पिटलको स्पेशल अवार्ड प्रायोजन गरेर साथ दिएका थिए । धिरेन्द्र सावद आफ्ना तर्फबाट मात्रै होईन् विभिन्न संघ संस्थाहरुमा आवद्ध भएर पनि सामाजिक काम गरिरहेका छन् । सुदुरपश्चिम फाउण्डेसनमा आवद्ध भएर सामाजिक काममा लागिरहेका उनी लाईन्स क्लब अफ धनगढी ग्रिन सिटीमा आबद्ध छन भने निर्माण व्यवसायी संघ कैलालीको नितिगत उप महासचिवको जिम्मेवारी पनि सम्हालिरहेका छन् । प्रदेश सरकारले प्रदेशको सदस्य सचिव पनि चयन गर्ने तयारीमा रहेका वेला उनको नाम पनि चर्चामा छ । सदस्य सचिवका लागि तोकिएका योग्यता पनि पुगेका छन् उनी । वुबा जयवहादुर सावदले थालेको निर्माणको कामलाई पनि साथ दिईरहेका उनी क्रिकेट र स्वास्थ्य सेवामा सँगसँगै लागिरहेका छन् ।