
नेपाली सेनाको हेलिकप्टर मार्फत अछाममा गर्भवती महिलाको उद्धार गरिएको छ । पंचदेवल विनायक नगरपालिका - ७ की २१ वर्षीया रमना विकलाई जिल्ला अस्पताल मंगलसेनबाट हेलिकप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला अस्पतालका डाक्टर प्रेम प्रसाद ढुंगानाले बताए ।

विनायक स्वास्थ्य चौकीमा प्रसूति हुन नसकेपछि उनलाई आइतबार राति जिल्ला अस्पताल पुर्याइएको थियो । उच्च रक्तचाप लगायत समस्या देखिएपछि उनलाई सुर्खेत पठाइएको ढुंगानाले बताए ।
सरकारको दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती र सुत्केरीको हवाई उद्धार कार्यक्रम अन्तर्गत अहिलेसम्म अछाममा ५ जनाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/11, 6:32
2020/10/15, 5:32
2022/12/04, 12:55