सीताराम ओझा- २०६८ सालको राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई फुटबलमा स्वर्ण पदक जिताउने कप्तान हुन् खेम रावत । उनको कप्तानीमा रहेको टीमले घरेलु मैदानमा सुदुरपश्चिमका लागि दुर्लभ उपलब्धी पाएको थियो । त्यो उपलब्धी उनको नेतृत्व वाहेक सुदुरपश्चिमले राष्ट्रिय खेलकुद प्रतियोगितामा पाउन सकेको छैन् ।
राष्ट्रिय खेलकुद प्रतियोगिता आफुलाई प्रमाणित गर्ने प्लेटफर्म हो । त्यही प्लेटफर्ममा उनको नेतृत्व सफल भयो । फुटबलको स्वर्ण पदक गलामा भिर्दै गर्दा रावतले आफ्नो उज्वल भविष्यको कल्पना गरेका थिए । तर उनको कल्पना कहिले पूरा भएन । कुनै पनि क्लब तथा टिममा अवसर नपाएपछि उनले खेल्न पाएनन् र खेल जीवन नै रोकियो । सुदुरपश्चिमका लागि स्वर्ण जिताएको दिनपछि उनी आजसम्म मैदान छिरेका छैनन् । तर यसको अर्थ यो होईन की उनले फुटबलको माया मारिसकेका छन् ।
प्रतियोगिता नै नभएका कारण आफूहरुले अवसर नपाएको पीडा अहिले पनि उनले भुल्न सकेका छैनन् । प्रदेशका लागि गरिएको योगदानको राज्यको तर्फबाट पनि कदर भएन् । स्वर्ण जित्दा केही व्यक्ती र संस्थाले दिएको नगद पुरस्कार वाहेक केही पनि हात लागेन उनको । उनले कुनै अवसर र मौका पाउन सकेनन् ।
न त फुटबल खेल्न पाए न त प्रोत्साहन नै । त्यही पिडा भुलाउन उनको टिमले ५ वर्षदेखि सुदूर पश्चिममा फुटबल प्रतियोतिगता आयोजना गरिरहेको छ । फारवेष्ट पशुपति फुटबल प्रतियोगिता आयोजना गरिरहेको दुःख भने खेलेको भन्दा धेरै छ ।
डिफेन्स लाईन सम्हाल्ने उनी विपक्षीले पोष्टमा बल ल्याउँदा उभिने रावतको खेल जीवनमा पनि पर्खाल नै लाग्यो । मैदानमा खेल चलिरहँदा रावत आयोजक भएर व्यवस्थापनमा जुटेका हुन्छन् उनी । मैदानमा बल गुड्दा मैदान बाहिर नै भए पनि रावतका हात खुट्टा चल्छन् ।
आफ्नो खेलमा पूर्ण विराम लगाएर खेलाडी उत्पादनमा लागेका उनको पिडा शब्दमा बयान गर्न सकिँदैन । श्रीमतिको गहना धरौटी राखेर फारवेष्ट पशुपति कप आयोजना गरेका उदाहरण छन् ।
मैदानमा दौडिन कसैले पनि जित्न सक्दैन थियो उनलाई । त्यसैले छैटौं राष्ट्रिय खेलकुदमा आफ्नो टिमलाई स्वर्ण जिताउन रावत कहिले गोलपोष्टको दायाँ त कहिले बाँया पुग्थे । अहिले फारवेष्ट पशुपति फुटबल प्रतियोगिता चलाईरहँदा उनी त्यसैगरी दौडिन्छन् । तर दौडिने ठाउँ भने फेरिएको छ । उनी अहिले अर्थ व्यवस्थापनका लागि प्रतियोगिताभर दौडेका दौडेई हुन्छन् । तर मैदानमा पाएको जस्तो सफलता पाउन सकेका छैनन् ।
आफ्नो कप्तानीमा स्वर्ण जिताउने रावतको टीममा छनोट हुनुको कथा भने वेग्लै छ । सुदुरपश्चिम प्रदेशको टीम छनोट गर्नका लागि जिल्ला र क्षेत्रीय छनोट प्रतियोगिता खेलाईएको थियो । क्षेत्रीय छनोट प्रतियोगितामा कैलाली र कञ्चनपुर बीच फाईनल खेल थियो । खेलको पहिलो हाफमा कैलालीले तीन गोल खाईसकेको थियो ।
सो खेलमा खेमलाई खेलाईएको थिएन् । फाईनलको सुरुवातमै पहिलो हाफको १३ औं मिनेटमा तीन गोलले पछाडी परेको अवस्थालाई उनले सहन सकेनन् । मैदानमा छिर्न प्रशिक्षकसँग झगडा गरे । पोशाक पनि लगाएर जर्वजस्ती मैदान छिरे । त्यसपछि उनले डिफेन्स लाईन सम्हाले । खेलमा अन्तिम नतिजामा कैलाली विजयी भयो । उनी मैदान पुगेपछि कैलालीको ७ गोल भयो । त्यही खेलले खेमको नजरिया बदलियो । उनले कप्तानको जिम्मेवारी सम्हालेका थिए ।
हुन त खेल सानै उमेरदेखि फुटबलमा आकर्षित थिए । जुन समय उनी कक्षा ५ मा पढ्दै थिए त्यही वेलादेखि उनले आफ्नो कौसला देखाएका थिए । कक्षा ८ मुनिको विद्यालय स्तरीय फुटबल प्रतियोगितामा उनी पढ्ने विद्यालय स्टेपिङ स्टोनका प्रिन्सिपल रामजी हमालले खेल प्रोत्साहन गरे । सानो उमेरको सानदार प्रदर्शनले उनले विद्यालय तहदेखि नै दर्जनौ प्रतियोगिताहरु खेले । वेष्ट डिफेन्स धेरै पटक भए ।
२०६८ सालमा भएको राष्ट्रिय प्रतियोगिताको फुटबल तर्फ स्वर्ण पदक जित्दा सुदूरपश्चिमको टिमबाट कम्तीमा पनि २–४ जना खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउँलान् । अरु २–४ जनाले काठमाडौंका ए डिभिजन क्लबमा स्थान पाउलान्, त कसैले सेना, पुलिस जस्ता टिममा स्थान पाउलान् भन्ने आशा थियो । तर त्यो आशा पूरा भएन ।
टिम नै भए पनि देशका अरु कुना काप्चामा हुने फुटबल प्रतियोगितामा पनि उनीहरुलाई स्थान पाउन हम्मे हम्मे भयो । हुन त खेम रावत लगायतका केही खेलाडीहरुले ए डिभिजन क्लब र विभागीय टीममा आबद्ध नभएका होईनन् । तर त्यहाँ उनीहरुले आफ्नो भविष्य नदेखेर फर्किएका थिए ।
नेपाल पुलिस क्लबमा आबद्ध भएका उनले कहिल्यै प्रतियोगिता खेल्ने मौका पाएनन् । अभ्यासमा पनि विभेद हुने गरेको दुखेसो अहिले पनि छ उनीसँग । उनी आबद्ध भएका वेला पुलिस क्लबमा नेपाली राष्ट्रिय फुटबल टीममा अधिकांश खेलाडीको वाहुल्यता रहेको थियो । उनको क्षमतालाई कहिल्यै पनि हेरिएन् । लामो समयसम्म क्लबको वसाईमा मौका पनि दिईएन् उनलाई ।
पुलिस क्लबबाट उनले सनमुन कप, रेडबुल कप, सहिद स्मारक लिग लगायतका फुटबल प्रतियोगितामा सहभागीता जनाए । तर कुनै पनि प्रतियोगितामा मैदान उत्र्रिने मौका पाएनन् । टीमको हुटिंङ गर्नु वाहेकको केही विकल्प थिएन उनीसँग ।
त्यसपछि उनी धनगढी आएर प्रदेशको प्रतिनिधित्व गर्दै उनले दर्जनौ प्रतियोगिताहरुमा सहभागीता जनाए । पाँचौ राष्टिय खेलकुद प्रतियोगितामा पनि उनले कप्तानी गरेका थिए । त्यसपछि अन्तर नगरपालिका फुटबल प्रतियोगिताका दुई संस्करणमा सहभागीता जनाए । उनले खुकुरी कप पनि खेले । त्यसपछिका केही बर्ष धेरै प्रतियोगिताहरु हुन नसक्ने अवस्था रहेकोमा केही बर्ष स्थानीय स्तरमा हुने गरेका प्रतियोगिताहरु हेरेर चित्त वुझाए ।
२०६८ सालमा स्वर्ण जितेपछिको अवस्था कल्पना गरेकोभन्दा अलग भएपछि उनीहरु केही बर्ष कुरेर बसे । स्थिति फेरिने अवस्था नआएपछि उनीहरु आफै जुर्मुराए । कप्तान खेम रावतकै स्वर्ण जित्ने खेलाडीको टिमले २०७२ सालमा फारवेष्ट पशुपति क्लब गठन ग¥यो । त्यो क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताका पाँचौ संस्करण सम्पन्न भईसकेको छ ।
स्वर्णधारी फुटबल खेलाडी आफूले खेल्न नपाए पनि अहिले अरुले खेलेको हेरेर रमाइरहेका मात्रै छैनन् की उनीहरुले नयाँ र युवा प्रतिभाहरुलाई पनि मौका दिईरहेका छन् ।
खेम क्लब सुरु भएदेखि नै अध्यक्ष छन् । उनले धेरै पटक नेतृत्व छाड्ने प्रयास गरे तर उनका साथीहरुले मानेनन् । उनीहरुको सपना छ सुदुरपश्चिममा फुटबल एकेडेमी स्थापना गर्ने । त्यो एकेडेमी स्थापना गर्नका लागि खेम दौडिरहेका छन् । उनका साथीहरु पनि सँगसँगै छन् । न उनी थाकेका छन न फुटबल थाकेको छ ।
निरन्तर फुटबल विकासको दौडमा कुदिरहेका छन् । त्यसमा खेमले कहिले गन्तव्यमा पुग्ने हुन् उनको दौडाईले निर्धारण गर्नेछ । लक्ष्यको उचाईमा पुग्नका लागि असार ३० गते वुधवार पर्ने गएको जन्मदिनको अवसरमा उत्तरोत्तर प्रगतिको कामना छ ।