सुदुरपश्चिममा ८८० नमुना परीक्षण, सबै रिपोर्ट ‘नेगेटिभ’
2020/05/15, 8:45
 
korona

सुदुरपश्चिममा ८८० नमुना परीक्षण गरिएको छ । परिक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ आएको छ । धनगढीमा संघीय सरकारले पठाएको आरटीपीसीआर मेसिन मार्फत कोरोना परिक्षण थालेको ३४ दिनमा ८ सय ८० नमुना परीक्षण भएको छ ।

संघीय सरकारले चैत २६ गते आरटीपीसीआर मेसिन धनगढी पठाएकोमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा जडान गरिएपछि चैत २९ गतेदेखि परीक्षण थालिएकोमा ३४ दिनमा ८ सय ८० जनाको नमुना परीक्षण गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ । परिक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ देखिएको हो । 

नमुना परीक्षणको लागि प्रयोगशालासंग एक सय ९२ जनाको थ्रोट स्वाबको नमुना मौज्दात रहेको छ । सुरुवातदेखि नै आरटीपीसीआर मेसिन मार्फत क्षमता अनुसार परीक्षण भने हुन सकेको छैन् । धनगढीमा आरटीपीसीआर जडान अघि सेती प्रादेशिक अस्पतालमा कोरोना परिक्षणका लागि पीसीआर मेसिन जडान गरिएकोमा हाल त्यहाँ परिक्षण रोकिएको छ ।