सुदूरपश्चिममा १४६ कोरोना शंकास्पद बिरामी डिस्चार्ज, ५ जना भर्ना (भिडियो सहित)
2020/05/16, 8:46
 
korona

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना गरिएका एक सय ४६ जना डिस्चार्ज भएका छन । प्रदेशभरीका १५ वटा अस्पतालबाट एक सय ४६ जना बिरामीलाई डिस्चार्ज गरिएको हो ।

सेती प्रादेशिक अस्पतालबाट ५१ जना, डडेल्धुरा अस्पतालबाट १९, बयलपाटा अस्पताल अछाम र जिल्ला अस्पताल अछामबाट १७÷१७ जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन । जिल्ला अस्पताल डोटीबाट ६, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५÷५, जिल्ला अस्पताल बाजुरा र भजनी स्वास्थ्य केन्द्राबाट ४÷४, चौमला स्वास्थ्य केन्द्रबाट ३, टीकापुर र जोगबुढा अस्पतालबाट २÷२, जिल्ला अस्पताल बझाङ र कोल्टी स्वास्थ्य केन्द्रबाट एक÷एक जना शंकास्पद बिरामी डिस्चार्ज भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएकोमा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । सुदूरपश्चिमका विभिन्न अस्पतालमा एक सय ६३ शैयाको आईसोलेसन स्थापना भएको छ । कोरोना आशंकामा ५ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ । जिल्ला अस्पताल बझाङमा तीन, डडेल्धुरा र बैतडी अस्पतालमा एक÷एक जनालाई आईसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ ।