पर्यटकको रोजाई शुक्लाफाँटामा
2020/05/16, 3:55
 
deer

कञ्चनपुर जिल्लाको ३०५ वर्गकिलोमीटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय आर्कषणका हिसावले सम्भावनाको राम्रो केन्द्र हो । तर पनि पर्यटकको प्रचुर संभावना हुँदा हुँदै पनि यो क्षेत्र अपेक्षित प्रचारमा छैन र पर्यटक त्यहाँ पुग्न सकिरहेका छैनन् । पछिल्लो समय भने पर्यटकहरुको रोजाईमा शुक्लाफाँटा परिरहेको छ । 

त्यसो त एकातिर सरोकारवालाहरु निकायले साँधेको मौनता अर्कोतिर स्थानीयमा पलाएको चेतका कारण पनि यो क्षेत्रले जति फाईदा लिन पर्ने हो, त्यति लिन सकेको देखिदैन् । त्यसैले त निकुञ्ज आसपासका क्षेत्रमा रहेका सौन्दर्यता ओझेलमा परेको भान हुन्छ । कञ्चनपुर जिल्लाको नेपाल भारत सिमानाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने यो निकुञ्ज विक्रम संव्त २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना गरी संरक्षण गरीएको हो । संरक्षणको क्रममा वि.स. २०३२ सालमा शुक्लाफाँटा बन्यजन्तु आरक्षको रुपमा स्थापना भयो र वि.स. २०७३ फागुन ९ गते बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा परिर्वतन गरीयो ।

आरक्ष राष्ट्रिय निकुञ्जमा परिर्वतन भए संगै यहाँका स्थानीयमा छायको खुशी धेरै दिन टिक्न सकेन् । यस क्षेत्रका साना तथा ठुला ब्यवसायीहरुमा निकुञ्जका कारण धेरै पर्यटकहरु भित्रयाउन सक्ने भन्दै झन खुसि भए । तर सम्बन्धित निकायबाट हुनुपर्ने जति संरक्षण र प्रचारप्रसार भईरहेका कारणले अपेक्षा गरे अनुरुपको प्रतिफलको प्रत्याभुति न त यहाँका जनताहरुले गरिरहेका छन् न त व्यवसायीहरुले नै । उसो त निकुञ्ज भित्र हेर्नका लागि विश्वकै ठुलो, हजारौको झुण्डमा देख्न सकिने, नेपालको तराईका संरक्षित घाँसे मैदानहरु मध्ये सबैभन्दा ठुलो घाँसे मैदान रहेको, ६६५ प्रजातिका वनस्पति, ५३ भन्दा बढी प्रजातिका वन्यजन्तु, ताल लतैया, ३५ प्रजातिका पुतली, करिव ४२४ प्रजातिका चराहरु जसमा विश्वमै दुर्लभ मानिने लेसर भुडिफोर जातको चरा र अन्य विभिन्न कुराहरु पाईने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सम्बन्धीत निकायहरुले गर्नु पर्ने व्यवस्थापन र प्रचार प्रसार कार्य नगरेका कारण आज यो निकुञ्जमा पश्चिमी नाका भएर आउने हजारौ पर्यटकहरुमा करिव १० प्रतिशत जति मात्र निकुञ्ज भ्रमणका लागि आउने गर्दछन् । एकातिर निकुञ्जभित्र उचित पर्यटकमैत्री वातावरणको अभावका कारण पनि पर्यटकहरु उतिसारो पुग्न सकेका छैनन् ।

वन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुञ्जमा परिणत भईसक्दा पनि पर्यटकहरुको संख्या उल्लेखीय वृद्धि नभएको होटेल ब्यावसायी प्रमान्नद भण्डारीको भनाई छ । निकुञ्ज भ्रमण गर्न आउने आन्तरिक पर्यटकहरुले पनि यस निकुञ्जको प्रचारप्रसार नभएकै कारण पर्यटकहरु नआउने गरेको बताँउछन । आन्तरिक पर्यटकहरु निकुञ्ज भित्र व्यवस्थापनको पाटो केही रुपमा कमजोरी रहेको स्वीकार गर्दै त्यसको उचित व्यवस्थापनमा लागि परेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।