
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२१ मा पुरुष ट्वान्टी–२० विश्वकप भारतमा आयोजना गर्ने निर्णय गरेको छ । यो वर्ष हुनुपर्ने ट्वान्टी–२० विश्वकपको अर्को संस्करण भने अब सन् २०२२ मा अस्ट्रेलियामा हुनेछ ।

कोरोना भाइरस संक्रमणको महामारीका कारण यो प्रतियोगिता पछाडि सारिएको हो । यस्तै आईसीसीले महिलाको वान डे विश्वकप पनि पछाडि सारेको छ ।
अब सन् २०२२ को फेब्रुअरी, मार्चमा मात्र यो प्रतियोगिता हुनेछ । यो प्रतियोगिता न्युजिल्यान्डमा हुने कार्यक्रम थियो । भारतले भने नियमित कार्यक्रम अनुसार पुरुष ट्वान्टी–२० विश्वकपको आयोजना गर्ने अवसर पाएको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02