सुदूरपश्चिममा संक्रिय संक्रमित घट्दै गएको छ । ९ वटै जिल्लामा दुई सयभन्दा कम ‘एक्टिभ पोजेटिभ’ रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा जिल्ला गत रुपमा सक्रिय संक्रमितको संख्या दुई सय भन्दा कम भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार हाल कैलालीमा सवै भन्दा बढी १ सय ८० सक्रिय संक्रमित रहेकोमा डडेल्धुरामा सवैभन्दा कम ६ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी बझाङमा १ सय ७४, डोटीमा १ सय ६८, अछाममा ५२, दार्चुलामा ३०, कञ्चनपुरका १९, बाजुरमा १५ र बैतडीमा ६ जना संक्रिय संक्रमित रहेका छन् ।
प्रदेशका ९ वटै जिल्लामा हालसम्म ६ सय ४९ सक्रिय संक्रमित रहेकोमा चार हजार १ सय ५२ जना संक्रमण मुक्त भएर घर गएका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय राजपुर डोटीका प्रवक्ता सुरेश ओखेडाले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशमा हाल सम्म ४४ हजार ५ सय ८५ जनाको स्वाव संकलन गरिएकोमा ४ हजार ८ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सुदुरपश्चिममा हालसम्म चार हजार नौ सय ७४ जना संक्रमित पुगेका छन् ।