टीकापुरका २३ बर्षीय तन्नेरी गिनिज बुकमा रेकर्ड राख्ने तयारीमा
2020/08/16, 4:00
 
marsal arts

सीताराम ओझा- कैलालीको टीकापुरका २३ बर्षीय एक जना तन्नेरी निनिज बुक अफ वल्र्ड रेकर्डमा किर्तिमान राख्ने तयारीमा जुटेका छन् । टीकापुरको ब्लक नम्बर २३ का विनोद थापा तेक्वान्दो खेलको मार्सल आर्टस विधामा एउटा नयाँ रेकर्ड तोड्ने र एउटा नयाँ रेकर्ड राख्ने तयारीमा जुटिरहेका हुन् । झण्डै ९ बर्षसम्म भारत र मलेसियामा वैदेशिक रोजगारीमा गएकै वेला तेक्वान्दोमा लागेका थापा गिनिज बुकमा रेकर्ड राख्नका लागि दैनिक ६ घण्टा अभ्यास गरिरहेका छन् । रेकर्ड राख्नका लागि डेढ बर्षदेखि उनी दैनिक ६ घण्टाको हिसाबले अभ्यास गर्दै आएका छन् । 

2

उनी घर फर्किएको चार महिना पुग्न लागेको छ । तर उनको दैनिकी फेरिएको छैन् । थापा मोष्ट मार्सल आर्टस किक ईन वान आवर युजिङ अल्टरनेटिभ लेग्स अर्थात एक घण्टामा दुबै खुट्टाको प्रयोग गरेर सवैभन्दा बढी किक हान्ने रेकर्ड तोड्न लागिरहेका हुन् । हाल यो रेकर्ड मिजोकी कातोको नाममा रहेको छ ।

3

उनको नाममा एक घण्टामा तीन हजार ६ सय ३२ पटक किक हानेको विश्व रेकर्ड कायम भएको छ । थापा एक घण्टामा चार हजारभन्दा बढी पटक किक हानेर पुरानो किर्तिमान तोड्ने दाउमा रहेका छन् । उनलाई यो रकर्डका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डको तर्फबाट पत्र आईसकेको छ । उनले आगामी सेप्टेम्बर १ मा धनगढीमा सो रेकर्डका लागि आफ्नो क्षमता देखाउनेछन् । 

2

थापा यो रेकर्ड तोड्नुका साथै अर्को विधामा नयाँ किर्तिमान राख्ने सुरमा पनि जुटेका छन् । मोष्ट मार्सल राउण्ड हाउस किक ईन वान आवर अर्थात एक घण्टामा एक खुट्टाले सवैभन्दा बढी किक हान्ने रेकर्ड बनाउनेछन् । यो विधामा अहिलेसम्म कसैले पनि रेकर्ड बनाएका छैनन् ।

1

उनले एक घण्टामा एक खुट्टाले दुई हजार दुई सयभन्दा बढी पटक किक हानेर रेकर्ड बनाउने बताएका छन् । त्यसका लागि गिनिज बुक अफ वल्र्ड रेकर्डले सेप्टेम्बर १० को समय दिएको छ । सो मितिमा उनले गिनिज बुकको मापदण्ड अनुसार प्रस्तुती देखाउने छन् । यी दुई विधामा किर्तिमान बनाएपछि थप दुई विधाको तयारीमा जुट्ने उनको योजना रहेको छ । 

2

परिवारको आर्थिक अवस्थाका कारण कलिलो उमेरमै भारत पसेका थापाले कामसँगै तेक्वान्दो सिकेका हुन् । महाराष्ट्रमा चाईनिज कुकको रुपमा काम गर्दै उनी तेक्वान्दो सिक्न लागे । दिउँसो र साँझ होटेलको काम र विहान तेक्वान्दो सिकेका उनले त्यहाँ बस्दाखेरी नै ५ बर्ष अगाडी उनले तीन वटा स्वर्ण पदक जितिसकेका छन् । आफ्नो डोजाङबाट छनोट हुदैं अन्तराष्ट्रिय प्रतियोगितामा पनि सहभागीता जनाए । दुई बर्ष खेलेका अन्तराष्ट्रिय प्रतियोगिता खेलेका उनले दुबै बर्ष स्वर्ण पदक जिते । 

1

मुम्बईबाट रोजगारीका लागि उनी मलेसिया हानिए । ५ बर्षसम्म उनी मलेसिया बस्दा पनि तेक्वान्दोलाई छोड्न सकेनन् । त्यहाँ बार टेण्डरको कामसँगै तेक्वान्दो पनि खेलिरहे । अहिले नेपाल फर्किएर उनी रेकर्ड बनाउने तयारीमा जुटेका छन् । उनी अब नेपालमै तेक्वान्दोमा लागेर अगाडी बढ्ने योजनामा रहेका छन् । 

2