पहाडी जिल्लामा कमल फुल्ने भागेश्वर ताल (फोटो फिचर)
2020/08/18, 8:07
 
kamal

खडेरीका कारण सुक्नै लागेको बगरकोट (भागेश्वर) ताल वर्षायाम लागेसँगै ‘मनमोहक’ भएको छ । पहाडी जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिका–४ मा यो ताल अवस्थित छ । सडक छेउमै रहेको यो ताल भागेश्वर देवताका नामले चिनिँदै आएको छ । ताल छेउमा पीपलको रूख र सानो भागेश्वरको मन्दिर समेत रहेको छ । ४÷५ वर्ष पहिले यस तालभर कमलका फूलहरू फुल्थे । पछिल्लो केही वर्षयता यी फूल फूल्न छोडेका थिए । तर, यस वर्ष यो तालको छेउमै कमलका फूल फुलेका छन् ।

2

2

 

1

1

2

2

ताल संरक्षणका लागि भागेश्वर गाउँपालिकाले बजेट समेत छुट्याएर पर्खाल निमार्ण गरि संरक्षण गर्न थालेको छ । यहाँ पुग्ने जो कोहीले पनि आहा! कमलको फूल भनेर आनन्द महसुस गर्ने गरेका छन् । यस तालको संरक्षणका लागि स्थानीय र प्रदेश सरकारले बजेट विनियोजन गरेर खर्च गरिरहेका छन् । कमलको फूल पाइने भएकाले यस तालको महत्व छुट्टै छ । तालको संरक्षणका लागि ताल क्षेत्र वरिपरि ग्याबिङ्ग जाली लगाउने र पानी व्यवस्थापन गर्न गत वर्ष अढाई लाख रकम खर्च गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताइन् ।

2

1

2

2

2

2

बगरकोट (भागेश्वर) तालमा कमल पाईने भएकाले आकार्षणको रुपमा लिइन्छ । जिल्ला सदरमुकामभन्दा गर्मी क्षेत्र भएकाले सो क्षेत्रमा कमल पाइने आंकलन गरिएको छ । तर, तराईका जिल्ला कैलाली र कञ्चनपुर बराबरकै रूपमा गर्मी हुने भित्रि मधेश जोगुबडा क्षेत्रमा रहेको आलिताल र झिमिला तालमा भने कमल पाइदैन । कञ्चनपुरको पहाडी क्षेत्र चुरेमा रहेको बेतकोट तालमा पनि कमलका फूल पाइँदैन् । मध्य पहाडी जिल्ला डडेल्धराको सदरमुकाम नजिकै रहेको भागेश्वर बगरकोट तालमा कमल पाईने भएकाले यसलाई आश्चार्य र ईश्वरीय शक्तीको रूपमा लिईन्छ ।

2

2

2