महाकाली अस्पतालको आफ्नै फार्मेसी सञ्चालनमा
2020/05/19, 1:30
 
farmecy

कञ्चनपुर स्थित उपप्रादेशिक अस्पतालका रुपमा रहेको महाकाली अस्पतालले फार्मेसी सेवा सुरु गरेको छ । लगभग साढे पाँच दशकपछि महाकाली अस्पतालले आफ्नै फार्मेसी स्थापना गरेको हो ।

विस २०२० सालमा प्राथमिक स्वाथ्य केन्द्र, ०३३ मा जिल्ला अस्पताल, ०४३ मा अञ्चल, ०६१सालमा सय बेडको विस्तार र ०७५ ा प्रादेशिक अस्पतालका रुपमा स्तरबृद्धि गरिएको छ । अस्पताल स्थापना भएको साढे पाँच दशक पछि अर्थात ५७ बर्षमा अस्पतालको आफ्नै फार्मेसी भएको छ । जिल्ला समन्वय समितिका प्रमुख फैरु तामाङ्गले फार्मेसीको फार्मेसीको उद्घाटन गरे । 

हरेक सरकारी अस्पतालमा आफ्नै फार्मेसी राख्ने सरकारको निर्णय अनुरुप महाकालीले पनि चालु आर्थिक बर्षदेखि आफ्नै फार्मेसी स्थापना गरेको हो । महाकाली अस्पताल व्यवस्थापन समितिका सदस्य कृष्णानन्द भट्टले अस्पताल स्थापना भएको ईतिहासमै पहिलो पटक आफ्नै फार्मेसी स्थापना गरिएको बताए । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले अस्पताल परिसरमै फार्मेसी स्थापना भएपछि विपन्न एव गरिब समुदायका बिरामीलाई ठुलो राहत हुने बताए ।

२५ लाख बराबरको आधारभूत औषधी राखेर स्थापना गरिएको फार्मेसीमा विस्तारै थप औषधी थप्दै जाने अध्यक्ष जोशीले बताए अस्पताल परिसरभित्र रहेको साझालाई बाह्य व्यवस्थापनका लागि पत्राचार गरिएको बताउँदै अध्यक्ष जोशीले आफ्नै फार्मेसी भएपछि गरिब एव विपन्न समुदायका बिरामीलाई ठुलो राहत पुग्ने बताए । दुई फार्मेसी र एक सहयोगी तीन जनशक्ति रहेको फार्मेसीमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म संचालन हुनेछ ।