सुदूरपश्चिममा कोरोना शंकास्पद १५७ जना डिस्चार्ज, १३ जना आईसोलेसनमा भर्ना (भिडियो सहित) 
2020/05/20, 7:52
 
korona

सुदूरपश्चिमका विभिन्न अस्पतालमा कोरोना आशंकामा भर्ना भएका एक सय ५७ जना डिस्चार्ज भएका छन । प्रदेशभरीका १५ वटा अस्पतालबाट एक सय ५७ जना बिरामीलाई डिस्चार्ज गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सेती प्रादेशिक अस्पतालबाट ५३ जना, डडेल्धुरा अस्पतालबाट २०, बयलपाटा अस्पताल अछामबाट १७ जना र जिल्ला अस्पताल अछामबाट १४ जना डिस्चार्ज भएका छन्। यस्तै जिल्ला अस्पताल बझाङबाट ११ र महाकाली अस्पतालबाट ९ जना कोरोनाका शंकास्पद बिरामी डिस्चार्ज भएका छन । 

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार जिल्ला अस्पताल डोटीबाट ७, जिल्ला अस्पताल बैतडी र गोकुलेश्वर अस्पतालबाट ५÷५, जिल्ला अस्पताल बाजुरा र भजनी स्वास्थ्य केन्द्राबाट ४÷४, चौमला स्वास्थ्य केन्द्रबाट ३, टीकापुर र जोगबुढा अस्पतालबाट २÷२ र कोल्टी स्वास्थ्य केन्द्रबाट एकरएक जना शंकास्पद बिरामी डिस्चार्ज भएका हुन । 

उनीहरुलाई कोरोनाको आशंकामा अस्पतालको आईसोलेसमा राखिएको तर पिसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको निर्देशनलयले जनाएको छ । सुदूरपश्चिका विभिन्न अस्पतालमा एक सय ६३ शैयाको आईसोलेसन स्थापना भईसकेको छ । निर्देशनालयका अनुसार कोरोना आशंकामा प्रदेशभरी १३ जनालाई आईसोलेसनमा भर्ना गरिएको छ ।

सुदूरपश्चिम प्रदेशभरी कोरोनाका गम्भिर बिरामी भेटिए १४ शैयाको आईसियु र ८ वटा भेन्टिलेटरको समेत व्यवस्थापन गरिएको छ ।