धनगढी उपमहानगरपालिकाले समुदायस्तरमा कोरोना परीक्षण गर्ने तयारी गरेको छ । समुदायमा कोरोना सङ्क्रमण देखिन थालेपछि उपमहानगरपालिकाले आइतबारदेखि एउटा मापदण्ड बनाएर समुदायमा कोरोना परीक्षण गर्ने तयारी गरेको हो ।
“समुदायमा सबैको कोरोना परीक्षण गर्नु आवश्यक छैन”, नगरप्रमुख नृपबहादुर वडले भने, “सङ्क्रमितका परिवार र बढी जनसम्पर्कमा रहने व्यक्तिबाट नमूना छनौट गरी स्वाब सङ्कलन गरिने छ । ” धनगढीमा थप ५ दिन अर्थात भदौ १९ गतेसम्म निषेधाज्ञाको समय थप गरिएको यस अवधिमा समुदायस्तरमा कोरोना परीक्षण गरिने नगरप्रमुख वडले बताए ।
उनले भने, “विस्तारै परीक्षणको दायरा बढाउँदै लगिने छ ।” उपमहानगरमा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये २२ प्रतिशतभन्दा बढी स्थानीयवासी रहेका छन् । धनगढीमा ५१ जना स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाले जनाएको छ । -रासस
2024/05/14, 5:11
2024/05/14, 5:09
2024/05/14, 5:08
2024/05/14, 12:35
2024/05/14, 12:33
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2021/03/13, 12:41
2021/10/09, 6:31
2023/03/22, 12:15