कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि......
2020/05/20, 11:36
 
Korona

सुदूरपश्चिम प्रदेशमा चार जनामा कोरोना भाइरस संक्रमण मिल्दोजुल्दो लक्षण देखिएका बिरामी अस्पतालमा भर्ना भएका छन् । उनीहरु चारै जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको हो ।

कैलालीका ३ जना र बैतडीका एक जनालाई ज्वरो आएकाले अस्पताल भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढी उपमहानगरपालिका– १८ का ३० बर्षीय पुरुष, धनगढी–८ का २१ बर्षीय युवक र धनगढी–३ का २८ बर्षीय युवकलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बताए ।

अस्पताल भर्ना भएका बैतडीको सिगास गाउँपालिका–३ का २१ वर्षीय युवकलाई पनि तीन दिनदेखि छाती दुख्ने र ज्वरो आउने समस्या देखिएको उनले बताए ।

उनको बैतडीका युवकको थ्रोट स्वाबको नमूना लिई पीसीआर परीक्षणको तयारी भइरहेको जानकारी दिए । कैलालीका युवकहरूको भने बिहीबार पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिने उनको भनाइ छ ।