
धनगढीका थप २८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का १५ सहित २८ जनामा संक्रमण पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर ५ का ६ महिला र ९ पुरुष गरी १५ जना र अन्य वडाका थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। तर उनीहरुको वडा खुलेको छैन्।

यो सँगै धनगढीमा कोरोना संक्रमितको संख्या दुई सय ८५ पुगेको छ।